बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज पुगेर राजदुत पुरीले नेपाल भारत सम्बन्धबारे यस्तो भने

आइतबार, ०१ असोज २०७४, २१ : २६
आइतबार, ०१ असोज २०७४

नेपालगञ्ज – नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सुमधुर सम्बन्ध सानातिनो घटनाले नबिग्रने बताएका छन् । 

नेपालगञ्ज उद्योग व्यापार सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले नेपाल र भारतको सम्बन्ध धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्य, मान्यतासँग गाँसिएकाले छिट्पुट घटनाले दुई देशको सम्बन्ध नबिग्रने बताए ।

राजदूत पुरीले नेपालको आर्थिक समृद्धि र विकासमा भारत सधैँ सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी बढाउने वातावरण बनाउन राजनीतिक तहवाट थप प्रयास हुनु आवश्यक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप