शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मंसिरमै निर्वाचन सम्पन्न गर’– कमल थापा

आइतबार, ०१ असोज २०७४, २१ : २३
आइतबार, ०१ असोज २०७४

हेटौँडा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हुने ऐतिहासिक आन्दोलन तथा क्रान्ति देश र जनताको बृहत्तर हित र प्रजातन्त्रको सुदृढीकरणभन्दा प्रमुख दलको सत्ताको भर्याङ बन्न थालेकामा चिन्ता व्यक्त गरे । 

राप्रपा मकवानपुरद्वारा बाग्मती गाउँपालिका–७ फापरबारीमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको उद्घाटन गर्दै उनले सत्तारूढ दलले संसद्मा रहेका प्रतिपक्षी र अन्य दलसँग सहकार्य गरेर आगामी मंसिर महिनाभित्र केन्द्रीय प्रतिनिधिसभा र प्रदेशको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष थापाले प्रमुख दलले सत्ताका लागि प्रतिस्पर्धा त्यागेर राष्ट्रिय अखण्डताको दिगो जगेर्ना र आर्थिक समृद्धितर्फ डोर्याउन ध्यान दिनुपर्ने बताए । 

राप्रपा केन्द्रीय सदस्यद्वय दीपकबहादर सिंह र गणेश थापा तथा पार्टीको सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपाका कार्यकर्ताले पार्टीको नीति र सिद्धान्तमा विचलित नभई जनताको घरदैलोमा पुगेर संगठन बलियो बनाउँदा प्रजातन्त्र सुदृढीकरण हुने तथा हिन्दु धर्म पुनः स्थापना गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप