शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको एउटै वडामा एक करोड बढि वजेट

आइतबार, ०१ असोज २०७४, २० : ५०
आइतबार, ०१ असोज २०७४

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४ साविकको जैसीथोक गाविसमा यस वर्ष झण्डै एक करोड विकास वजेट विनियोजन गरिएको छ । 

अघिल्लो आर्थिक वर्षमा जम्मा करिव ३० लाख वजेट परेको यो गाउँमा ठूलो रकम विनियोजित भएको त्यसका वडाध्यक्ष मानबहादुर कुँवरले बताए ।  कुँवरकाअनुसार यस आर्थिक वर्षमा त्यस वडाका विभिन्न विकास निर्माणमा कुल १ करोड १९ लाख रकम विनियोजित भएको छ । धुर्कोट गाउँपालिकाको गाउँसभाले पहिलो प्राथामिकता गरिवी निवारणलाई दिएको छ । 

जस अन्तर्गत विपन्न परिवारलाई आयआर्जनमुलक कार्यक्रमका लागि सिलाई कटाई तथा आइरन तालिमका लागि १ लाख ५० हजार  विनियोजन गरिएको छ । वर्षाैदेखि जिर्ण रहेको छामथुम सिंचाई योजनाको मर्मत सम्भारका लागि ४ लाख रकम परेको छ । 

भुवान प्रतिक्षालय तथा थाम मन्दिर संरक्षणका लागि दुई लाख, विष्णुदेवि मन्दिर खाला पँधेरा  संरक्षणका लागि २ लाख , ठाडा मैदान गरा सिमलपाटा कुलो मर्मतका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ । कुमारीदेवि मन्दिर क्षेत्र व्यवस्थापन तथा पार्क निर्माणका लागि १५ लाख रुपैयाँ परेको छ ।

 जैसीथोक कालापोखरा खेल मैदान निर्माणका लागि ५ लाख, गोलपोखरी लाँकुरीपाटा अर्चलपोखरा मोटरबाटाका लागि १ लाख ५० हजार , लाहँटा कल्लाटा गोलपोखरी र ठुल्दी रातापोखरा काला पोखरा घोडेटो बाटो मर्मतका लागि १ लाख रुपैयाँ विनियोजन भएको छ ।

गोपे चिलिखोला विरौटा रौताडी गोरेटोबाटो मर्मतका लागि  १ लाख , भुवानी गौरावारी पिपलनेटा मोटरबाटो मर्मतका लागि ४ लाख , गोपे चिलीखोला रौताडी मोटरबाटो निर्माणका लागि ४ लाख , गोपे छिलिम्पे मोटरबाटो निर्माणका लागि ५ लाख रकम परेको छ । 

घुम्टी मानडाँडा वरबोट मोटरबाटो निर्माणका लागि ४ लाख, हिमचुली महिला समुहकाृ भवन मर्मतका लागि १ लाख, कुमारीदेवि मन्दिर तथा सामुदायिक भवन मर्मतका लागि १ लाख ५०, जैसीगाडे लिटी सिस्टम खानेपानी योजना पनि यसै आर्थिक वर्षबाट १० लाख रकम विनियोजन गरेर शुरु गरिएको छ ।

हुलाको भुवना नयाँगाउँ सुन्दर पोखरा मोटरबाटो मर्मतका लागि ६ लाख पारिएको वडाध्यक्ष कुँवरले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप