शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी साँस्कृतिक नगरपालिकामा खिचातानी

आइतबार, ०१ असोज २०७४, २० : ३२
आइतबार, ०१ असोज २०७४

बिन्दुकुमार चौहान

लुम्बिनी– अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीस्थित लुम्बिनी साँस्कृतिक नगरपालिकाका जनप्रतिनिधिबीच तालमेल नहुँदा खीचातानी बढेको छ । आर्थिक वर्ष २०७४ ०७५ को बजेट बाँडफाँडमा मेयर  र वडा अध्यक्षहरुबीच भागबन्डा नमिल्दा खिचातानी बढेको हो । 

माथिबाट आउने बजेटमा एकरुपता ल्याई समान रुपमा पारदर्शी ढंगबाट बाँडफाँड गर्नुपर्नेमा मेयर र कार्यकारीअधिृकतले योजना रकम बारे जानकारी नगराएकाले वडा भेलाहरु  हुन नसकेको वडा नं. ११ का वडा अध्यक्ष अक्रम मुसलमानले जानकारी गराए । 

त्यस्तै, मेयरलाई नगरपालिकाको कार्यकारी अधिकृतले हातमा लिई बिना छलफल बिनीयोजनको खाका बनाएको वडा नं. ३ वडा अध्यक्ष अक्रामुद्दिन मुसलमानले बताए । 

आफुहरुलाई जनताले मत दिएर जिताएकाले जनताकै परामर्शबाट जनताकै लागि योजना छनौट गरी सही ढंगले सदुपयोग गर्नुपर्ने उनको धारणा छ । 
नगरप्रमुख र नगर अधिकृतले सबै वडा अध्यक्षहरुलाई माथिबाट आएको रकम भागबन्डा नगरेसम्म वडा भेला हुनै नसक्ने वडा नं. ७ का वडा अध्यक्ष ध्रुवप्रसाद यादवको भनाई छ । 

उनले आफूहरु जनता प्रति जबाफदेही भएको हुदा प्रत्येक वडामा समान ढंगबाट उपलब्ध गराइएको रकम आ आफनो तरीकाले जनचाहना अनुसार बिकास निर्माणमा खर्च गर्ने सोंच बनाएको बताए । तर लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत यमबहादुर कुवँरले लक्षित रकमबाहेक बिकास निर्माणमा खर्च हुने रकम वडा भेलामार्फत योजना छनौट भएपछि मात्र भागबन्डा लगाउने प्रावधान रहेको हुँदा वडा अध्यक्षहरुले पहिला रकमको भागबन्डाको माग गरेपनि नगरपालिका निर्देशिकाबाटै दिन नमिल्ने जानकारी गराए ।

योजना तर्जुमा बिना हचुवातालमा वडा अध्यक्षहरुले रकमको भागबन्डाको माग गर्नु भन्दा नगरपालिका सञ्चालन निर्देशिकाबारे ब्यापक छलफल अध्ययन पश्चात नीतिगत तरीकाबाट वडा भेलामार्फत छनौट भई आएका योजना कार्यन्वयनका लागि नगरसभाबाट पारित गराउनतिर वडा अध्यक्षहरुको ध्यान जान जरुरी भएको नगरअधिकृत कुवँरको सुझाव छ । 

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीले एक, दुई र नौ नम्बर वडाको वडा भेला भईसकेकाले बाँकी वडाहरुमा भेला गराउन वडा अध्यक्षहरुलाई मिलाएर लैजाने प्रयत्न गरिरहेको बताए । उनले फरक फरक सिद्धान्त बोकेर आएका वडा अध्यक्षहरुको बिचार फरक हुनु स्वाभाविकै रहेको हुदा नगरपालिका सञ्चालन निर्देशिकामा वडा अध्यक्षका काम,कर्तब्य र अधिकार क्षेत्र बारे नीतिगत अध्ययन गरी मिलनबिन्दुको उपाय खोज्न निर्देशनसमेत दिए ।

समस्याको समाधानका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर र वडाअध्यक्षहरुलाई एकै ठाँउमा बसाली आफूले छलफल गर्ने रुपन्देही जिल्लासमन्वय समितीका अध्यक्ष एकराज बिकले बताए । 

यद्यपि दुईजना वडा अध्यक्षहरु बाहेक ११ जना वडा अध्यक्षहरु नेपाली काँग्रेसका र  संघीय समाजबादी फोरमका  परेका कारण कूटनीति प्रयोग गरि नगरप्रमुख चौधरीले मिलाएर लैजान नसक्दा समस्या थपिएको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप