शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘इन्ट्रेष्ट’ बाझिएका कारण भारतले अनुमति दिएनः मण्डल

आइतबार, ०१ असोज २०७४, २० : ०२
आइतबार, ०१ असोज २०७४

काठमाडौं– आपूर्ति मन्त्री शिवकुमार मण्डलले दुई मुलुकका व्यवसायीबीचको ‘इन्ट्रेष्ट’ बाझिएका कारण भारत सरकारले बुलेट संचालनका लागि नेपाली व्यवसायीहरुलाई अनुमतिपत्र नदिएको स्पष्टिकरण दिएका छन् । 

आइतबार व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भारतबाट ग्याँस बुलेट संचालन अनुमति लिन सरकारले पनि कुनै पहल नगरेको बताए । ग्याँस बुलेट संचालनका लागि अनुमति लिने काम सरकारको नभई व्यवसायीहरुको भएको उनले दावी गरे । 

मन्त्री मण्डलले व्यवसायीहरुले समस्या समाधानका उपाय किटान गरेर आए मात्र भारत सरकारसँग ग्याँस बुलेट संचालनका लागि अनुमति पत्र लिने काममा कुटनीतिक पहल गर्न सकिने प्रतिवद्धता पनि व्यक्त गरे । 

मन्त्री मण्डलले नेपालका व्यवसायीहरुले सो समस्या समाधान गर्न पहल नलिएको आरोप पनि लगाए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा गएका व्यवसायीहरुले भारतसँग ग्याँस बुलेट संचालन अनुमति लिनका लागि कुनै पहल नगरेको उनको भनाई थियो । नेपाली व्यवसायीहरुले ग्यास बुलेट संचालनका लागि लाखौं लगानी गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप