बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेनीमा तेस्रो वौद्धकप फुटबल प्रतियोगिता सुरु

आइतबार, ०१ असोज २०७४, १९ : ४१
आइतबार, ०१ असोज २०७४

धिरन खत्री 

म्याग्दी– बेनीमा आइतबारदेखि धौलागिरी अञ्चलकै सर्बाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ सुरु भएको छ । 

बेनपा ७ मंगलाघाटमा रहेको वौद्ध युवा कल्व र मंगला आमा समूहले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा २५ टिमले सहभागिता जनाएका छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा दोस्रो वौद्ध कपको च्याम्पीयन माउन्ट एभरेष्ट आवासीय माविलाई जिल्ला प्रहरी कार्यालयले शून्यका बिरुद्ध १ गोल गर्दै बिजयी सुरुवात गरेको छ ।

असोज ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ट्रफि, मेडल र प्रमाणपत्रसहित एक लाख २५ हजार र र उपबिजेताले सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गर्ने वौद्ध युवा क्लवले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले समाज परिवर्तनका लागि युवा परिचालनलाई प्राथमिकता दिनुपर्ने बताए । लभ्लिहिलबाट प्यारागलाइडिङको सम्भावनाको अध्ययनका लागि क्लवको पहलमा प्याराग्लाइडिङ व्यवसायीहरु बेनीमा आएका छन् । लभ्लिहिलबाट प्यारागलाइडिङ सञ्चालन गर्न सकेमा बेनीमा नयाँ पर्यटकीय आकर्षण हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप