बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालका सांसद र उम्मेदवारसँग स्पष्टीकरण माग

आइतबार, ०१ असोज २०७४, १९ : ३०
आइतबार, ०१ असोज २०७४

काठमाडौँ  । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार गरेकोमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण र सो दलका जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेवार धुरन्दर साहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

उहाँहरुले १५० नेता कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप