बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोकाकोला र आईसेकद्वारा सहकार्यको घोषणा

आइतबार, ०१ असोज २०७४, १९ : ०२
आइतबार, ०१ असोज २०७४

काठमाडौं– कोकाकोला नेपालले आइसेकसँगको सहकार्यलाई सेप्टेम्बर ११ तारिखमा औपचारिक रुपमा घोषणा गरेको छ । यो सहकार्यले कम्पनी तथा युवालाई दिगो विकासको लागि स्पष्ट मार्गचित्र बनाउन एकआपसमा जोड्ने जनाइएको छ । 

कोकाकोलाले आइसेकलाई विभिन्न क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समिटहरु निरन्तर आयोजना गर्न उत्साहित गर्नेछ । यसवाट यूएनको दिगो विकासका लक्ष्यको बारेमा छलफल गर्ने र भविश्यका नेतृत्वको रुपमा युवालाई त्यस्ता कार्यमा संलग्न हुने माध्यम प्रदान गर्ने जनाइएको छ । 

कोकाकोलाले आइसेकका सदस्यलाई कम्पनीको दिगो परियोजना भ्रमण गर्न र संचालमा रहेका परियोजनामा आबद्ध हुनका लागि स्वयंसेवकलाई उत्साहित बनाउँने जनाइएको छ । यो सहकार्यका साथमा आइसेकले युथ स्पिक फोरमको आयोजना गर्ने र कोकाकोलाले भावी पुस्ताका संभावित नेतृत्वलाई प्रेरणा दिने जनाइएको छ ।

आइसेक एउटा विश्वव्यापी युवा नेतृत्व संस्था रहेको र यसले शान्ति प्राप्त गर्न, युवाहरुलाई चुनौतीपूर्ण वातावरणहरुमा व्यावहारिक अनुभवहरुबाट सिक्ने गरी सक्रिय पार्ने प्रयास गर्दै आएको जनायएको छ । 

यो घोषणाको सन्दर्भमा कोकाकोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले २ सय भन्दाबढी युवालाई सम्बोधन गर्दै यो सहकार्यका साथमा युवालाई विभिन्न श्रृंखलाको युथ स्पिक फोरमको आयोजनाका साथमा अझ ससक्त रुपमा जोड्ने बताए । 

आइसेक नेपालका अध्यक्ष नारायनन्ले आइसेक युवाको नेतृत्व क्षमतालाई अनुभव सहितको सिकाईबाट हासिल गर्न मद्दत गर्ने संस्था रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप