बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एनबीआई र एभरेष्ट बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर

आइतबार, ०१ असोज २०७४, १८ : ४५
आइतबार, ०१ असोज २०७४

काठमाडौं– नेशनल बैंकिङ्ग इन्स्टिच्यूट (एनवीआई)  र एभरेष्ट बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताअनुसार एनवीआईले एभरेष्ट बैंकका कर्मचारीको विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । 

वार्षिक तालिमका लागि संस्थागत रुपमा सम्झौता गर्ने एभरेष्ट बैंक नै पहिलो बैंक भएको जनाएको छ । जसले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटसँग ५० लाखभन्दा बढी रकमको लागि आफ्नो कर्मचारीका लागि वार्षिक तालिम संचालन गर्नेछ ।

उक्त सम्झौैतापत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्यूटका कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप