बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्घात प्रकरणमा केसीको बचाउ गर्दै निवेदन

आइतबार, ०१ असोज २०७४, १७ : ४८
आइतबार, ०१ असोज २०७४

काठमाडाैं-नेपाली काँग्रेस नुवाकोटका सभापति तथा सांसद जगदिश्वर नरसिंह केसी माथि लगाईएको अन्तर्घातको आरोप निराधार भएको दाबी गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा  निवेदन   परेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उमेदवारहरुले आईतवार केन्द्रीय कार्यालय सानेपामा निवेदन दर्ता गरेका हुन ।

स्थानीय तह निर्वाचनका क्रममा अन्तर्घात गरेको भन्दै बेलकोटगढी नगरपालिकाका प्रमुखका उमेदवार यादव नेपालले केसीलाई कारवाही गर्न माग गर्दै एक साता अघि पार्टी केन्द्रीय कार्यालयमा उजुरी हालेका थिए ।
सभापति केसीको बचाउ गर्दै बेलकोटगढीका अधिकांस वडाका उमेदवारहरुले केसीले अन्तर्घात नगरेको प्रष्टोक्ति सहितको निवेदन केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन ।
यस्तै पार्टीले नगरप्रमुखमा टिकट नदिएको भन्दै स्वतन्त्र उमेदवारी दिई पछि फिर्ता लिएका भुपेन्द्र बानियाँले पनि केन्द्रीय कार्यालयमा छुट्टै निवेदन दर्ता गराएका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप