शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा बालबालिका प्रयोगको होडवाजी : एक नम्बरमा कांग्रेस, पछ्याउदै माओवादी

आइतबार, ०१ असोज २०७४, १७ : ४२
आइतबार, ०१ असोज २०७४

काठमाडौं– २०७४ को स्थानीय तह निर्वाचनमा चुनाव प्रचार/प्रसारका क्रममा कानुन विपरित बालबालिकाको अत्याधिक प्रयोग भएको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले दिएको जानकारी अनुसार निर्वाचनमा धेरै बालबालिका प्रयोग गर्ने दलमा कांग्रेस र माओबादी केन्द्र रहेका छन्  । समितिका अनुसार निर्वाचन भएका ६९ जिल्लामा ५ हजार १ सय १९ जना बालबालिका प्रयोग भएको पाईएको हो ।  

समितिका अनुसार सबैभन्दा बढी नेपाली कांग्रेसले ३३ प्रतिशत अर्थात १ हजार ७ यस ८ प्रतिशत र ने.क.पा. माओवादी केन्द्रले पनि ३३ प्रतिशत ( १ हजार ६ सय ७१) बालबालिका प्रयोग गरेको पाइएको हो । यसैगरी ने.क.पा. एमालेले २९ प्रतिशत (१ हजार ५ सय ३) , रा.प्र.पा.ले ४ प्रतिशत (१ सय ८५) , र अन्य (नयाँ शक्ति नेपाल, (संघीय समाजबादी फोरम, ने.म.कि.पा. र जनमोर्चा) ले १ प्रतिशत बालबालिकालाई प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै समितिले पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका स्थानमा विभिन्न राजनीतिक दलका गतिविधिका क्रममा २ सय ९१ वटा घटनामा बालबालिकाको प्रयोग भएको छ । दुबै चरणको स्थानिय निर्वाचनमा निर्वाचन पूर्व ३ हजार ६ सय ४ जना, निर्वाचनको दिन १ सय ३९ जना र निर्वाचन पश्चात १ हजार ३ सय ७६ जना बालबालिकाको प्रयोग भएको समितिले जनाएको छ । 

चुनावी प्रचारप्रसारको क्रममा जिप, ट्याक्टर, ट्रिप्पर, ट्रक लगायतका सवारी साधनमा चढाई ¥याली, आमसभा लगायत घरदैलो अभियानमा पहिलो चरणमा १ हजार ४ सय ६१ बालबालिकाको प्रयोग गरेको समितिले जनाएको छ । यस्तै दोस्रो चरणको निर्वाचनमा १ हजार २ सय ३२ गरी २ हजार ६ सय ९३ जना बालबालिका प्रयोग भएका छन् ।

 त्यसैगरी राजनैतिक दलका विजय जुलुसहरुमा चुनाव चिन्ह अंकित टिसर्ट लगाई पहिलो चरणमा ६ सय १७ जना र दोस्रो चरणमा ५ सय ७२ गरी १ हजार १ सय ८९, बाजा बजाउने लगायत सास्कृतिक अभियानमा पहिलो चरणमा ३ सय ९९ जना र दोस्रो चरणमा २ सय ६६ गरी ६ सय ६५ जना बालबालिकाहरु प्रयोग भएका छन् । 

उम्मेदवार मनोनयन दर्ताका क्रममा पहिलो चरणमा १ सय ८१ जना र दोस्रो चरणमा २ सय ५२ गरी ४ सय ३३ जना र निर्वाचनको दिन पहिलो चरणमा ९० जना र दोस्रो चरणमा ४९ गरी १३९ जना बालबालिकालाई स्वयम् सेवकको रुपमा प्रयोग भएको पाईएको छ । 

यसैवीच आर्थिक वर्ष २०७३÷०७४ मा २ सय ५१ वटा घटनाहरुबाट ४ सय १२ जना बालबालिका पिडित भएका छन् । जस अन्तर्गत बलात्कार,मुत्यू/हत्या,बालविवाह,बालश्रम,कुपोष्ण,गर्भपतन शारीरिक दण्ड सजाय,ओसारपसार र अपहराण रहेका छन् ।  सबै भन्दा धेरै बलात्कारको घटानामा २३ प्रतिशत अर्थात  ९६ जना बालिका पिडित भएका छन् ।

त्यसैगरी बालविवाह १६ प्रतिशत अर्थात ६६ जना,आत्महत्या १६ प्रतिशत अर्थात ६४ जना ,मृत्यू तथा हत्या १२ प्रतिशत अर्थात ४९ जना, कुपोषण १२ प्रतिशत अर्थात ४७ जना ,गर्भपतन ७ प्रतिशत अर्थात ३० जना,बालश्रम ६ प्रतिशत अर्थात २५ जना र शारीरिक दण्ड तथा सजाय मा ४ प्रतिशत अर्थात १८ जना बालबालिकाहरु पीडित भएको समितिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप