बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विद्यावारिधि संघको अध्यक्षमा अर्याल

आइतबार, ०१ असोज २०७४, १६ : ५३
आइतबार, ०१ असोज २०७४

काठमाडौं– नेपाल विद्यावारिधि संघ (प्यान)को गएराति सम्पन्न ९ औं वार्षिक साधारण सभाले डा. डिल्लीराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । 
समितिको उपाध्यक्षमा डा. विष्णुप्रसाद गौतम, महासचिवमा डा. सुनीलबाबु श्रेष्ठ, सचिवमा डा. महेन्द्र विष्ट र कोषाध्यक्षमा डा. सुमित्रा अमात्य चयन भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा संघका पूर्वअध्यक्ष डा. बालचन्द्र मिश्र, डा. आलोकबाबु प्रसाईं, डा. ज्ञानेन्द्ररत्न तुलाधर, डा. कृष्णकुमार तामाङ, डा. रमेश पराजुली र डा. गोविन्दप्रसाद गुरागाईं चयन भएका छन् । साधारणसभाले तत्कालीन महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्नुका साथै मुलुकको समसामयिक अवस्थामा बौद्धिक क्षेत्रको भूमिका एबं संघको भावी कार्यक्रम तय गरेको छ । 
२०६५ साल कार्तिक २३ गते विधिवत स्थापना र २०६६ मंसिर ९ गते दर्ता भई सञ्चालनमा रहेको नेपाल विद्यावारिधि संघले देशभित्र र बाहिर विभिन्न संयन्त्र खोली राष्ट्रकै ‘थिंक ट्यांक’ को रूपमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप