बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

म यो मात्र प्रार्थना गर्छु कि मेरो छोरो मजस्तो नबनोस्: संजय दत्त

आइतबार, ०१ असोज २०७४, १६ : २१
आइतबार, ०१ असोज २०७४

बलिउड नायक संजय दत्त आफ्नो छोरा आफूजस्तो नहोस् भन्ने चाहेको बताएका छन् । सुनिल दत्त र नरगिसका छोरा संजय दत्तले लागुपदार्थको कुलतबाट छुटकारा पाउनका लागि लामो लडाईं लडेका थिए । उनी अवैघ हतियार घरमा राखेको आरोपमा जेल पनि गए ।

एक पिताको रुपमा आफूलाई सुनिल दत्तसँग कसरी दाँज्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मेरो पापाले मलाई साधारण बच्चालाई झैं हुर्काए, बढाए । उनले मलाई बोर्डिङ स्कूलमा पठाए । म पनि आफ्ना बच्चाहरुसँग यसरी नै प्रस्तुत हुन्छु ।’

एक अन्तर्वार्तामा उनले आफ्ना सन्तानलाई जीवनको मूल्य सिकाउन कोसिस गर्ने, संस्कार दिने र घरमा काम गर्ने सहयोगी नै भएपनि आफूभन्दा ठूलाको इज्जत गर्न सिकाउने कोसिस गर्ने बताए । उनी भन्छिन्, ‘म यो मात्र प्रार्थना गर्छु कि मेरो छोरा मजस्तो नबनोस् । म चाहन्नँ कि मेरा बुवा जुन पीडाबाट गुज्रनुभयो त्यो मैले पनि भोग्नु परोस् ।’

सुनिल र संजय दत्तले एक साथ मुन्ना भाइ एमबीबीएसमा काम गरे । आफ्नी आमाले उनको कहिले पनि नकारात्मक पक्ष नदेखेको उनले बताए । उनी भन्छन्, ‘हरेक आमा यस्तै हुन्छन् । उनीहरु आफ्नो सन्तानमा कुनै पनि नकारात्मक पक्ष देख्दैनन् ।’

स्मरण रहोस्, संजय आजकाल आफ्नो फिल्म भूमीको प्रोमोशनमा व्यस्त छन् । संजय दत्त र अदिती राव हैदरीको फिल्म ‘भूमि’ बुवा–छोराको सम्बन्धमा आधारित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप