बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बृहस्पति विद्यासदनले दियो बाढीपीडितलाई एक लाख

आइतबार, ०१ असोज २०७४, १६ : ०२
आइतबार, ०१ असोज २०७४

काठमाडौं बृहस्पति विद्यासदनले बाढीपीडितको सहयोगका लागि एक लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ । 
उक्त रकम आइतवार विद्यासदनले प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा हस्तान्तरण गरेको हो । 
प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरि विद्यासदनका प्रतिनीधिले उक्त रकम हस्तान्तरण गरेका हुन् । 
विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले आफ्नो तलवबाट उक्त रकम जम्मा गरेको विद्यासदनद्धारा जारी विज्ञप्तीमा छ ।  
यस अघि उक्त सदनले बाढीपीडित विद्यार्थीका लागि खाद्यन्न, लत्ताकपडा पठाएको थियो । 
मानवीय मुल्य र मान्यतालाई जागृत गर्दै उत्कृष्ठ शिक्षालाई यो विद्यासदनले अंगीकार गर्दै आएको छ ।  विद्यासदले मानवीय धर्ममा जोड दिदै समाजसेवाका काम गर्ने गरेको छ । विद्यासदन नक्कासमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप