बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा प्रचण्ड भेट : के भयो छलफल ?

आइतबार, ०१ असोज २०७४, १५ : ०८
आइतबार, ०१ असोज २०७४


काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सोमबार प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाका बारेमा कुराकानी भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो । 

“प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभयो”, अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले भने ।
यस्तै प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका लागि गर्न लाग्नुभएको संयुक्त राज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमा समेत छलफल भएको थियो । 

त्यस्तै प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमा समेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको व्यस्तताका कारण सरकार सञ्चालनलगायत विषयमा दुई दलका बीचमा छलफलसमेत हुन नपाएका सन्दर्भमा आज नेपाली काँग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप