शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले सिफारिस गर्‍यो प्रदेश र संघका उम्मेदवार

आइतबार, ०१ असोज २०७४, १५ : ०७
आइतबार, ०१ असोज २०७४

बझाङ –आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाएको छ । उम्मेदवारका आकांक्षीहरु धेरै देखिएपछि आइतबार नेकपा माओवादीको जिल्ला सचिवालय बैठकले उम्मेदवारको निर्णय गरी प्रदेशमा पठाएको हो ।
प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ धर्मराज विक र समानुपातिकतर्फ देवराज रेग्मी नाम सिफारिस भएको छ । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ जनक बुढा र बिक्रम खडकाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कलक खडका, हिरा थापा र तुलसी मल्लको नाम सिफारिस भएको छ । 
यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ विपना थापा ,नन्दलाल धामी, जनक जोशी र भीम भण्डारी नाम सिफारिस भएको छ भने समानुपातीकतर्फ आनन्द विक र शान्ति नेपालीको नाम उम्मेदवारका लागि सिफारिस भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खडकाले बताए । प्रदेशले पनि पार्टीमा योगदान, लोकप्रियता, र चुनाव जित्न सक्नेलाई उम्मेदवार बनाउने आशामा रहेको उनको भनाइ छ । 
बझाङ जिल्लाबाट काँग्रेस, एमाले तथा माओवादी केन्द्रबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवार को बन्लान भनेर आम जनमानसको मनमा खुलदुली बढिरहेको बेला माओवादी केन्द्रले भने नाम सिफारिस गरी प्रदेशमा पठाएको छ । 
माओवादी केन्द्रले प्रतिनिधि सभामा सर्वसम्मत उम्मेदवार बनाएपनि प्रदेश सभामा भने सर्वसम्मत हुन नसकेपछि प्रदेशमा पठाएको छ । 
यसैगरी नेपाली काँग्रेस र एमालेमा पनि निर्वाचनमा को भिड्ने भन्नेबारे आन्तरिक छलफल शुरु भइरहेको छ । आन्तरिक छलफल शुरु भइरहेको छ एक साता भित्र उम्मेदवारको टुङगो लाग्ने नेपाली काँग्रेसका जिल्ला सभापती हर्कजंग बहादुर सिंहले बताए । प्रतिनिधि सभामा आफु उम्मेदवार बन्ने निश्चित भइसकेको भन्दै प्रदेशका लागि छलफल भइरहेको उनको भनाइ छ । 
यस्तै एमालेमा पनि प्रतिनिधि सभामा पूर्व वनमन्त्री भानुभक्त जोशी र केन्द्रिय सदस्य भैरव सिंहको नाम चर्चामा आएको छ । प्रदेश सभामा पनि को उम्मेदवार बन्ने भन्नेबारे तिन चार दिन भित्र टुङगो लाग्ने एमाले स्रोतले जनाएको छ । स्थानिय निर्वाचन पछि सुस्ताएको राजनितिक सहगर्मी फेरी बढ्दै गएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप