शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चाडवाडको  समयमा विदेश घुमघाम, यी हुन् नेपालीले घुम्ने गन्तब्य

आइतबार, ०१ असोज २०७४, १५ : ०१
आइतबार, ०१ असोज २०७४

काठमाडौं–चाडबाडको  समयमा नेपालीहरु  विदेशमा घुम्न निस्कने प्रचलन बढेको छ । 

विदा र आर्थिक आयस्रोत बढ्ने भएकोले विदेशका पर्यटकिय स्थानमा नेपालीहरु पुग्ने क्रम ह्वात्तै वृद्धि भएको टुर अपरेटरहरुले बताएका छन् ।
असोज र कार्तिक महिनामा  नेपालीहरुले विदेश भ्रमण गर्ने उपयुक्त समय भएको छ । नेपालीहरुको मुख्य पर्वहरु पर्ने महिना भएकोले पनि नेपालीहरु वाह्य भम्रणमा निस्कने गरेका हुन् । चाडहरुको कारणले कर्मचारीहरुको विदा बढ्ने समयमा टुर संचालकहरुले  भ्रमण प्याकेज ल्याएका  हुन्छन् । 

नेपालीहरु विशेष गरि एशियाली मुलुकका पर्यटकिय गन्तब्यमा भ्रमण गर्ने गरेका छन् । घुम्नका लागि  सिंगापुर ,थाइल्याण्डको बैंकक र पताया नेपालीहरुको रोजाइको क्षेत्र हुने गरेको छ । त्यस्तै दुबइ र मलेशियामा पनि नेपालीहरु विदाको लागि घुम्ने गन्तब्य बनाएका छन् । इन्डोनेसियाको बाली  नेपालीहरुले घुम्नको लागि अर्को स्थान बनेको छ । तिब्बत पनि नेपालीहरुको भ्रमणको रोजाइ हुने गरेको छ । सार्क मुलुकहरुमा भारत , भुटान, श्रीलंकाका पर्यटकिय स्थानहरुमा नेपालीहरु पुग्ने गरेका छन् । 

आर्थिक रुपमा सबल व्यक्तिहरु युरोप अमेरिका र अष्टेलियाको भ्रमणमा निस्कने गरेका छन् । औसत आय भएकाहरुले भने एसियाली देशको पर्यटकीय स्थानलाई गन्तव्य बनाउने गरेका छन् । 

चाडवाडको समयमा  नेपालीहरुको भ्रमण पाँच गुणाले बढ्ने गरेको टुर अपरेटरहरुले बताएका छन् । एस ट्राभल्सका लाईन म्यानेजर नारायण पौडेलका अनुसार अन्य समयमा पांच सय अनुपातमा  विदेश घुम्न निस्किएका हुन्छन भने दशैं र तिहारमा दुई हजार बढिले घुम्ने गरेका छन् । दशैं र तिहारको समयमा विदेश घुम्नका लागि समुह बनाएर भ्रमण हुने उनले बताए । 

टुर संचालकहरुले दशैं –तिहारका लागि विशेष प्याकेजका अफर ल्याउने गरेका छन् । प्याकेजमा एसिया,युरोपका गन्तव्य अनुसार भ्रमण शुल्क तय गरिएको छ । एसियामा  सिंगापुर, मलेशिया , दुबई, चिन र कोरिया भ्रमणका लागि नेपालीहरुको उपयुक्त गन्तव्य बनेका छन् । 

बहुराष्ट्रिय कम्पनी ,बैंकमा कार्यरत उच्च तहका कर्मचारी साथै व्यापारीहरु विशेषतः विदेश भ्रमणमा निस्कने गरेका छन् । 

६० हजार खर्चेर तिन देशका लागि भ्रमण गर्न सकिने गरि टुर अपरेटरहरुले दशैंको समयमा स्किम  ल्याएका छन् । थाईल्याण्ड , मलेशिया र दुबईका लागि ६० हजारले पांच दिनको भ्रमण गर्न सकिने कान्तिपुर होलिडेजका मार्केटिङ म्यानेजर अमिश पोखरेलले जानकारी गराए । 

औसत आय भएका नेपालीहरुले बैंक मार्फत इएमआई गरेर मासिक किस्ताबन्दीमा तिर्ने गरि पनि बिदेश भम्रण गर्न सक्नेछन् । पछि चुक्ता गर्ने गरि बैंकहरुले प्रदान गरेको सहजताले दशैंमा घुम्नेहरुको संख्या बढेको पोखरेलले बताए । 

टुर अपरेटरहरुले तिन लाख २० हजार देखि तीन लाख ८० हजारको खर्चमा युरोपका छ देशमा भ्रमणको प्याकेज संचालन गरेका छन् । प्रिमीयम र इकोनमी गरि दुई प्याकेजमा ल्याईएको अफरबाट भ्रमणकर्ताले १२ दिन युरोपका शहरहरु घुम्न सक्नेछन् ।  ५२ हजार देखि दुई लाख ९८ हजारमा एसियाका देशहरुमा १३ दिन घुम्न सकिने टुर अपरेटरहरुले बताएका छन् । 

टुर संचालकहरुले युरोपका पेरिस, व्रसेल्स ,आमस्टर्डम ,फ्याङफर्ट ,म्युनिच र जुरिच लगायतका शहरहरुका लागि टुर प्याकेज ल्याएका छन् । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप