शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यतिको दोस्रो एटिआर विमान आयो

आइतबार, ०१ असोज २०७४, १४ : ३८
आइतबार, ०१ असोज २०७४

काठमाडौं –यती एअरलाइन्सले नयाँ जहाज ल्याएको छ । यतीले ट्विन ईञ्जिन एटीआर ७२–५०० सेवा थप विस्तारित गर्ने एमएसएन (म्यान फ्याक्चरिङ सिरियल नम्बर) ७४९ एटीआर जहाज ल्याएको हो । 
एटीआर ७२–५०० फ्रेञ्च–ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो  । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित छ । त्यसैगरी, बजारमा निरन्तर विस्तारित हुदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको जनाइएको छ । 
एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दुई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यु १२७ ईञ्जिनले शक्ति प्रदान छ । यी अत्याधुनिक प्रविधि ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्युन ध्वनी र न्युन ग्रिनहाउस ग्यास उत्सर्जन रहेको जनाइएको छ ।
एयर न्युजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत एटीआर ७२–५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायक हन् ।
एटीआर ७२–५०० नोर्डिक एभिएसन क्यापिटल एनएसीवाट वित्तिय पट्टा अन्तर्गत खरिद भएकोे हो । ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टादाता हो । यती एयरलाइन्सले आफ्नो एटीआर ७२–५०० को सेवाथालनी विराटनगर र नेपालगञ्ज विमानस्थलबाट गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप