बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भागिन् राम रहिमकी ‘छोरी’ हनिप्रितः उदयपुरबाट पक्राउ परेका डेरा सदस्यको दाबी

आइतबार, ०१ असोज २०७४, १३ : ५१
आइतबार, ०१ असोज २०७४

राम रहिमकी धर्मपुत्री हनिप्रित नेपाल भागिसकेकी छिन् । उदयपुरबाट पक्राउ परेका डेरा सदस्य विक्की भनिने प्रदीप गोयलले यस्तो दाबी गरेका छन् ।

केही दिनअघि पुलिसले प्रदीप र हनिप्रितको लोकेशन उदयपुरको एक मलमा भएको जानकारी प्राप्त भयो । यसकै आधारमा पुलिस प्रदीपसम्म पुग्न सफल भयो । स्मरण रहोस्, दुई साध्वीमाथि बलात्कार गरेको आरोपमा  पंचकूलाका सिबिआई कोर्टले राम रहिमलाई २५ अगस्टमा दोषी प्रमाणित गरेको थियो । त्यतिबेला हनिप्रित उनीसँगै थिइन्, उनी बाबासँगै हेलिकोप्टरमा बसेर जेलसम्म गएकी थिइन् । त्यहाँबाट फर्किएपछि हनिप्रितको केही अत्तोपत्तो छैन । हनिप्रितमाथि बाबालाई भगाएको र हिंसा भड्काएको भन्ने आरोप छ ।

राम रहिमको आदेशमा नै प्रदीप उदयपुरमा बसिरहेका थिएः

पुलिसका अनुसार प्रदीप गोयल हरियाणाका हुन् तर राम रहिमको आदेश अनुसार उनी लामो समयदेखि उदयपुरमा बसिरहेका थिए । सोधपुछका लागि पुलिसले उनलाई पंचकूला पुर्याएको छ ।

हरियाणा पुलिसले पाएको जानकारी अनुसार हनिप्रित पछिल्ला केही दिनदेखि उदयपुरमा बसिरहेकी छिन् । त्यहाँको सेलिब्रेशन मलमा प्रदीपसँग उनको लोकेशन पनि पाइएको थियो ।

लोकेशनको आधारमा ट्रेस गर्दा हनिप्रित त भेटिइनन् तर प्रदीप पुलिसको पकडमा आए । उनले हनिप्रित नेपाल भागेको बताइरहेका छन् ।

प्रदीपको मोबाइलबाट भेट्न सकिन्छ महत्वपूर्ण सुरागः

पुलिसले प्रदीपको मोबाइल जफत गरेको छ जसमा राम रहिम र हनिप्रितसँग जोडिएका महत्वपर्ण सुराग हात लाग्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप