शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा कमिलाले हैरान गर्यो ? चिनी र महको यो सम्मिश्रणले गर्नेछ तपाईंको समस्या समाधान

आइतबार, ०१ असोज २०७४, १३ : २३
आइतबार, ०१ असोज २०७४

घरमित्र आउने किरा फ्टयाङ्ग्रा कसैलाई पनि मन पर्दैन । यसबाट छुटकारा पाउनका लागि प्रयोग गरिने औषधी निकै महँगो साबित हुनसक्छ । एक व्यक्तिको घरमा कमिलाले सताएपछि उनले कमिलाबाट छुटकारा पाउनका लागि घरेलु उपाय अपनाए ।

सोसल साइटमा एक नाम नखुलाइएका व्यक्तिले कमिलाबाट छुटकारा पाउनका लागि जुन तरिका सेयर गरे त्यसले धेरै मानिसहरुलाई अचम्ममा पार्यो । केही घरेलु सामानको प्रयोग गरेरै उनले कमिलाबाट छुटकारा पाए । यी व्यक्तिले कमिलाबाट बच्नका लागि चीनी र महको प्रयोग गरे । यी सजिलो उपायपछि उनको घरबाट कमिला सधैंका लागि गायब नै भयो ।

यसरी तयार गरे घरेलु उपायः

आफ्नो घरेलु उपायमा यी व्यक्तिले चिनी र महको प्रयोग गरेका थिए । सबैभन्दा पहिले उनले पानी उमाले । त्यसपछि उम्लिएको पानीमा ६ चम्चा चिनी हाले । त्यसपछि उनले चिनी पानीको घोलमा बोरेक्स हाले । बोरेक्स किरा मार्नका लागि प्रयोग हुने साधारण डिसइन्फेक्टेड हो । यो निकै सजिलै हरेक स्टोरमा पाइन्छ । यो निकै सस्तो हुने भएकाले यसलाई सहज खरिद गर्न सकिन्छ । अन्त्यमा यो घोललाई स्प्रे बोतलमा हाल्नुभन्दा पहिले यसमा ती व्यक्तिले मह मिसाए र पूरा घोललाई घरको ढोकामा स्प्रे गरिदिए ।

यसरी गर्दछ कामः

यी व्यक्तिले बनाएको घोलमा भएको चिनी र महले कमिलालाई आकिर्षत गर्दछ तर यसमा भएको बोरेक्सले कमिलालाई मार्ने काम गर्दछ । जब कमिला चिनी र महसँग आकर्षित भएर घोल पिउँछन् त्यसमा भएको बोरेक्सले ती कमिला मर्ने गर्दछन् ।

मानिसहरुले रुचाए यो तरिकाः

मानिसहरुलाई यो तरिका निकै मन पर्यो । यो सजिलो र सस्तो उपाय अपनाएर तपाईं पनि कमिलालाई आफ्नो घरबाट भगाउन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप