शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युनिभर्सल पावरले सर्बसाधारणमा सेयर जारी गर्न चाँडै धितोपत्र बोर्डमा आबेदन दिने

आइतबार, ०१ असोज २०७४, ११ : ३३
आइतबार, ०१ असोज २०७४

काठमाडौं–११ मेगावाटको तल्लो खारे खोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने निर्णय गरेको छ । बिहीबार राजधानीमा सम्पन्न कम्पनीको साधारणसभाले २० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने प्रक्रियामा शुरु गरेको बताइएको थियो । 

दोलखामा संचालित आयोजनाले १० प्रतिशत सेयर आयोजना प्रभावित जिल्लाबासी र १५ प्रतिशत सर्वसाधारणलाई निष्कासन गरिने आयोजनाले जनाएको छ  ।
कम्पनीले साधारण सेयर जारी गर्ने प्रक्रियामा जान अग्राधिकार सेयरलाई संस्थापक सेयरमा रुपान्तरण गरेको छ । सीईडीबी हाईड्रो फण्डमा ९९ करोड रुपैयाँ बराबरको अग्रािधकार सेयर थियो, त्यसका सेयरधनीहरुले बार्षिक साढे सात प्रतिशत प्रतिबद्धता शुल्क पाउँदै आएका थिए । त्यो प्रतिबद्धता शुल्कलाई सेयरमा परिवर्तन गरी संस्थापक सेयर बनाईएको छ ।

११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माणमा प्रति मेगावाट लागत १९ करोड पर्ने कम्पनीका कार्यकारी निर्देशक विनयकुमार भण्डारीले बताए ।
आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमा बैंक अफ काठमाडौको अगुवाईमा सात वटा बैंकहरुले लगानी गरेका छन् ।
कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष अनिलकुमार रुंगटाले आफनो कम्पनीले स्वच्छ र पारदर्शी रुपमा आयोजनाहरुको निर्माण गरिरहेको बताए ।
कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजनाको निमार्ण कार्य सुरु गरेको छ । सो आयोजना २०७७ सालको असारमा सम्पन्न हुने लक्ष्य लिईएको कम्पनीले जनाएको छ ।

सीईडीबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी जलविद्युत आयोजना निर्माण पुरा गरी संचालन गरिहेको छ । सो कम्पनीले सर्बसाधारणका लागि साढे सात लाख कित्ता सेयर निश्काशन गर्न धितोपत्र बोर्डमा दिएको निबेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बताईएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप