‘द व्रिटिश कलेज’को तेस्रोे दीक्षान्त समारोह सम्पन्न
काठमाडौं– बेलायतको दुई विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भइरहेको ‘द व्रिटिश कलेज’को दिक्षान्त समारोह सम्पन्न भएको छ ।
काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा शुक्रबार एक समारोहको आयोजना गरी कलेजले २०१ विद्यार्थीलाई दिक्षित गरेको हो ।
बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा २०११ देखि व्रिटिश कलेज नेपालमा सञ्चालन भइरहेको छ । दीक्षान्त समारोहमा दयुनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्याण्डको पाठ्यक्रममा बिबिए (हन्स) बिजनेश एण्ड म्यानेजमेन्टका ६९ विद्यार्थी र एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका २८ जनाग्राज्युएटस भएको थियो । त्यसैगरि लिड्स बेक्केट युनिभर्सिटी अन्तर्गत बिएसी (हन्स) कम्युटिङका १०४ विद्यार्थी दीक्षित भएका छन् ।
यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थी दीक्षित भएको संख्या हो । यसले कलेजको सफलता र चर्चामा ठुलो विकास भएको देखाएको छ । दीक्षान्त समारोहमा बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागु, बेलायतस्थित लिड्स वेकेट युनिभर्सिटीका प्रतिनीधि प्रोफेसर लेस्ले अर्लीले बीएससी अनर्स कम्प्युटिङ अध्ययन पुरा गरेका विद्यार्थीलाई दीक्षित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण