शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाता परिचयपत्र छैन ? चिन्ता नगर्नुस् आयोगले दियो ६ बिकल्प

आइतबार, ०१ असोज २०७४, १० : २७
आइतबार, ०१ असोज २०७४

काठमाडौं– तपाईंको फोटोसहितको मतदता परिचय पत्र हरायो ? चिन्ता नलिनुस् । निर्वाचन आयोगले त्यसका लागि बैकल्पिक व्यवस्था गरेको छ । प्रदेश नम्बर दुईमा भोलि असोज २ गते हुने निर्वाचनमा मतदाताले कुनै कारणवशः फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसके बैकल्पिक व्यवस्थाबाट पनि मतदान गर्न मिल्ने जनाएको हो ।

मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको हो ।

आयोगले मतदता परिचयपत्रको बिकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

त्यस्तै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराएको आयोगले जनाएको छ ।
असोज २ गते तेस्रो चरण अन्तर्गत स्थानीय तह निर्वाचन २ नम्बर प्रदेशका आठ जिल्लामा हुदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप