शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो (अपडेट)

सोमबार, ०५ असोज २०७७, २२ : १५
सोमबार, ०५ असोज २०७७

हेटौंडा । मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्युहुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको थियो भने शाही गम्भीर घाइते भएका थिए ।

शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप