मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – अमेरिकामा शक्तिशाली तुफान, ७ सयभन्दा धेरैको मृत्यु

सोमबार, ०५ असोज २०७७, ०९ : १४
सोमबार, ०५ असोज २०७७

आज २१ सेप्टेम्बर । सन् १९३८ मा आएको ‘द ग्रेट हरीकेन’ नामक शक्तिशाली तुफानले अमेरिकामा ७ सयभन्दा धेरैको ज्यान लियो । यस घटनामा हजारौँ मानिस घाइते भए । यस तुफानको तिव्रता १ सय २० माइल्स प्रतिघण्टाभन्दा पनि धेरै थियो । राति क्यानडा पुगेपछि मात्रै यो तुफान समाप्त भयो ।

तुफानको प्रभाव न्युर्योक राज्यस्थित लङ आइल्यान्ड, न्यु इङल्यान्ड र क्यानेडाको क्युवेकमा धेरै प¥यो । तत्कालीन समय पूर्व सतर्ककताको जानकारी दिने प्रविधि विकास भइसकेको थिएन । त्यसैले लङ आइल्यान्डका मानिसहरुले सुरक्षित हुने मौका नै पाएनन् ।

२० हजारभन्दा धेरै बिजुलीका खम्बाहरु ढल्दा बिजुलीको आपुर्ती रोकियो भने रेलमार्गसमेत प्रभावित भयो । अमेरिकी सरकारका अनुसार यस तुफानका कारण ९ हजारभन्दा धेरै भवनहरुमा पूर्ण रुपमा क्षति पुगेको थियो । त्यस्तै १५ हजारभन्दा धेरै भवनमा आंशिक क्षति पुग्यो । स्थानीय स्तरमा ठूलो संख्यामा कटेज र गोठहरु ढले । उत्तरपूर्वका जंगलमा धेरै रुखहरु ढले । न्यु इङ्ल्यान्डको कुल जंगल क्षेत्रमध्ये ३५ प्रतिशतमा असर प¥यो ।

त्यस्तै ३ हजारभन्दा धेरै जहाज पानीमै डुबेका थिए । १० सेप्टेम्बरमा केप वर्डे टापूबाट यस तुफान सुरु भएको थियो । त्यसपछि ब्राजिल पुगेको तुफानले १९ सेप्टेम्बरमा अचानक आफ्नो दिशा बदल्यो । पूर्वी तट हुँदै अघि बढेको तुफान एक्कासी उत्तरतर्फ सोझिएपछि अमेरिकामा अत्याधिक विध्वंश निम्तिएको थियो । घटनामा झन्डै ३ सय ८ मिलियन अमेरिकी डलर बराबर क्षति भयो । एक अध्ययनअनुसार यसको मुल्याङ्कन २०१६ मा झन्डै ५ दशमलव १ बिलियन डलर बराबर हुन आउँछ । यो अमेरिकी मेनल्यान्डमा निम्त्यिाएको अहिलेसम्मकै ठूला तुफानमध्ये एक हो ।

अन्य घटनाक्रम

सन् ११७९– डब्लिन अधिराज्य नोम्र्यानहरुको कब्जामा ।

सन् १७९२– फ्रान्सेली क्रान्तिअन्तर्गत राष्ट्रिय सम्मेलनद्वारा राजतन्त्र उन्मुलन ।

सन् १८६०– दोस्रो अफिम युद्धअन्तर्गत एंग्लो–फ्रेन्च फौजद्वारा पालिकाओ युद्धमा चिनियाँ सैनिकहरु परास्त ।

सन् १९३९– आइरन गार्डद्वारा रोमानियाका प्रधानमन्त्री अर्मान्ड केलिनेस्कुको हत्या ।

सन् १९४२– हिट्लरको नाजी सेनाद्वारा युक्रेनको दुनाईभ्स्तीमा २५ सय ८८ यहुदीहरुको हत्या ।

सन् १९९१– सोभियत युनियनबाट अर्मानियालाई स्वतन्त्रता प्राप्त ।

सन् २०१३– इस्लामिक विद्रोही संगठन अल सबाबद्वारा केन्यास्थित वाटरगेट सपिङ मलमा आक्रमण, कम्तिमा ६७ जनाको मृत्यु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप