बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – अमेरिकी दूतावासमा आक्रमण हुँदा २० जनाको मृत्यु

आइतबार, ०४ असोज २०७७, ०८ : १०
आइतबार, ०४ असोज २०७७

आज २० सेप्टेम्बर । सन् १९८४ मा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासमा बम हमला हुँदा २० जना व्यक्तिको घटनास्थलमै ज्यान गएको थियो । यस घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भए ।  इस्लामिक जिहाद नामक विद्रोही समुहले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।

यस समूहका एक सदस्य ५ सय केजी विस्फोटक पदार्थ बोकेको ट्रक चलाउँदै अमेरिकी दूतावासतर्फ लागेका थिए । ट्रकको रफ्तार निकै तिव्र थियो । सुरक्षाकर्मीहरुले मुख्य गेटबाट ट्रक छिर्दै गरेको देखेपछि फायर खोले ।

तर, ट्रक त्यहीँ विस्फोट भयो । २० जना मारिए, ठूलो संख्याका मानिस घाइते भए । ५ तले भवनको अगाडिको भाग क्षतिग्रत भयो । घाइते हुनेमा अमेरिकी राजदूत रिगीनाल्डा बार्थोलोमे पनि थिए, उनलाई बेलायती पाहुना डेभिड माइर्सले भाग्नावशेषबाट उद्धार गरे ।

लेबनानस्थित अमेरिकी दूतावासमा एक वर्षअघि पनि त्यस्तै, शक्तिशाली आक्रमण भएको थियो । अप्रिल, १९८३ मा ६१ व्यक्तिको ज्यान लिनेगरी भएको हमलामा पनि इस्लामिक जिहादले नै संलग्न थियो ।

त्यस्तै ९ महिनाअघि बेरुतस्थित अमेरिकी जलसेनाको अखडामा आक्रमण हुँदा २ सय ४१ जनाको मृत्यु भएको थियो । ईस्लामिक जिहादले आफ्नो देशबाट सबै अमेरिकीहरु हट्नुपर्ने चेतावनी दिदैं लगातार यस्ता आक्रमण गरेको थियो । तर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आक्रमण पीडादायी भएपनि अमेरिकी नागरिकहरु दुलोमा पस्न नसक्ने प्रतिक्रिया दिएका थिए ।

‘तपाईंहरु बाँच्नुपर्छ र आफ्नो सुरक्षाका लागि सक्दो सतर्कता अपनाउनुपर्छ । तर, तपाईहरुले यो पनि बुझ्नुपर्छ कि यस्ता आतंकवादी समुहले विश्वभर नै खतरा पैदा गरेका छन्,’ उनको टिप्पणी थियो । ईरानी सर्वोच्च नेता अयोतुल्लाह खोमिनीले इस्लामिक जिहाद संगठनलाई सुनियोजित रुपमा अमेरिकाविरुद्ध परिचालन गरेको अमेरिकाको दाबी थियो ।

अन्य घटनाक्रम

सन् १३८८– दिल्लीका सुल्तान फिरोज शाह तुगलक तेस्रोको निधन ।

सन् १८३९– नेदरल्यान्डको एम्सटरडमदेखि हार्लेमसम्म चल्ने रेलको उद्घाटन ।

सन् १८४८– हंगेरीको विलयपछि खडा भएको नयाँ साम्राज्य अस्ट्रिया–हंगेरीमा फ्रान्सवा जोजफ औपचारिक रुपमा सम्राट बने ।

सन् १९२५– महिला अधिकारवादी अभियन्ता, समर्थक, लेखक डाक्टर एनी वेसेन्टको निधन ।

सन् १९७० – रुसी यानद्वारा चन्द्रमाको सतहबाट केही चट्टान जम्मा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप