शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नरेन्द्र मोदीले लेखे नायक अनिल कपुरलाई चिट्ठी, यो कामका लागि मागे साथ

शनिबार, ३१ भदौ २०७४, १६ : २७
शनिबार, ३१ भदौ २०७४

बलिउड अभिनेता अनिल कपुरलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा चिट्ठी लेखेका छन् । उक्त चिट्ठीमा मोदीले अनिललाई स्वच्छता अभियान र महात्मा गान्धीको प्रसंग उल्लेख गरेका छन् । स्मरण रहोस्, अक्टोबर २ तारिखमा भारतमा गान्धी जयन्ती मनाइन्छ जसका कारण प्रधानमन्त्री मोदीले अनिल कपुरसँग स्वच्छता अभियानमा साथ दिन आग्रह गरेका छन् ।

 चिट्ठीमा मोदीले स्वच्छता अभियानलाई गान्धीको मुटुको नजिक बताउँदै ‘स्वच्छता नै सेवा’ हो भन्ने सन्देश दिएका छन् । यस्तै, मोदीले फिल्मको महत्वपूर्ण योगदानको कुरा गर्दै सिनेमा परिवर्तनका लागि निकै ठूलो माध्यम भएको र परिवर्तनका लागि सिनेमा र अनिल कपुरको आवश्यकता भएको बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप