‘मुटु रोगबाट बच्न आहार विहार तथा नियमित व्यायममा ध्यान दिऔं’
काठमाडौं–विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि आहार विहार र जीवन शैलीमा परिर्वतन गर्न सुझाव दिएका छन् ।
विश्व मुटु दिवसको पुर्व सन्धामा नर्भिक अस्पतालले शनिबार गरेको कार्यक्रममा विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि दैनिक आहारमा विचार पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।
पछिल्लो समय मुटु रोगको उपचार नेपालमै संभव रहेको भएपनि रोगको उपचार समाधान नभएको भन्दै विशेषज्ञहरुले रोग लाग्नै नदिने तर्फ सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मी, डाक्टर यादव देव भट्ट, डाक्टर जय प्रकाश जैसवाल, डाक्टर ज्योतेन्द्र शर्मा , डाक्टर अवनि भुषण उपाध्याय लगायतले मुटु रोग बाट बच्चको लागि आहार विहार तथा नियमित व्यायममा विशेष ध्यान दिई जीवन शैलीलाई परिर्वतन गर्नुपर्ने सुझाव दिएका हुन् ।
हृदयरोगका कारण विश्वभर वर्षेनि झण्डै १ करोड ७५ लाख मानिसहरुको ज्यान जाने गरेको अनुमान गरिन्छ ।
यस रोगको रोकथाम, निवारण एवम् जनचेतनाको अभिवृद्धि गराउने उद्देश्यले विश्व मुटु महासंघ को आह््वानमा सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विश्व मुटु दिवस मनाउने गरिन्छ । यसबर्ष विश्व मुटु दिवस वडा दशै अन्र्तगत नवमीका दिन परेकाले अस्पताललले त्यस अगावै मुटु दिवस मनाएको हो । विश्व मुटु महासंघले यस वर्षको नारा स्वस्थ जीवनशैलीका अनुभव वाडौ भन्ने तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र