शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ कार्यक्रमसहित आइरहेका छन् ‘डा. मशहूर गुलाटी’ ! बन्द हुनेछ कृष्णाको ‘द ड्रामा कम्पनी’

शनिबार, ३१ भदौ २०७४, १३ : ३१
शनिबार, ३१ भदौ २०७४

‘द कपिल शर्मा शो’ मा डा. मशहूर गुलाटी र रिंकु भाभीको भूमिका निर्वाह गरेका सुनिल ग्रोवर सोनी टेलिभिजनमा फर्किने तयारीमा छन् । ताजा रिपोर्टका अनुसार चाँडै नै उनको कार्यक्रमले कृष्णा अभिषेकको कार्यक्रम ‘द ड्रामा कम्पनी’ लाई रिप्लेस गर्नेछ । ‘द ड्रामा.....’ की निर्माता प्रीति सिमोसले यसबारे पुष्टि गर्दै उनको कार्यक्रम अफएयर हुन लागेको बताइन् ।

प्रीतिले आफ्नो बयानमा भनिन्, ‘हामीले द ड्रामा कम्पनी केही दिनको एपिसोडका लागि प्लान गरेका थियौं । यो महिनाको अन्त्यसम्म यो कार्यक्रम बन्द हुनेछ । ’

प्रीतिले नै गरिने इशारा – आउनसक्छ सुनिलको कार्यक्रम

जब प्रीतिलाई उनको कार्यक्रमको साटो कुनै अर्को कार्यक्रम टेलिकास्ट हुनेछ भनेर सोधिएको प्रश्नमा उनले भनिने, ‘हाम्रो कार्यक्रमको साटो कुन कार्यक्रम आउनेछ भन्ने त म सटिक रुपमा भन्न सक्दिनँ । यद्यपी, यस्तो सुन्नमा आएको छ कि सोनी सुनिल ग्रोवरसँग कुनै नयाँ कार्यक्रमको योजना बनाइरहेको छ ।’

– एक अन्य रिपोर्टमा दाबी गरिए अनुसार प्रीति सिमोस आफै उक्त नयाँ प्रोजेक्टमा काम गरिरहेकी छिन् । यो एक कमेडी शो हुनेछ र पिंक प्यान्थरको लाइनमा आधारित हुनेछ ।

पाँच महिनादेखि टेलिभिजनबाट टाढा छन् सुनिलः

सुनिल ग्रोवर पछिल्लो करिब पाँच महिनादेखि टेलिभिजनबाट टाढा छन् । मार्चमा अष्ट्रेलिया भ्रमणबाट फर्कने बेला विमानभित्रै कपिल शर्मा र उनीबिच मनमुटाव भएको थियो । कपिलले सुनिलमाथि जुत्तासमेत फ्याँकेको खबर सार्वजनिक भएको थियो । उक्त घटनापछि सुनिलले कपिलको कार्यक्रम छोडिदिएका थिए । यद्यपी, उनी सोनी च्यानलको साथमा भने रहिरहे । च्यानलको आग्रहमा उनी ‘इंडियन आइडल’ को फिनाले र विशेष कार्यक्रम ‘सुपरनाइट विद ट्युबलाइट’ मा देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप