शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनिताको उपचारमा जापानबाट सहयोग

शनिबार, ३१ भदौ २०७४, १२ : ५७
शनिबार, ३१ भदौ २०७४


टोकियो - दयनीय पारिवारिक अवस्थाका कारण उपचार गर्न नसकेको पोखराको धौलाकोटी परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 

खाना बनाउने स्टोभपम्पको मट्टितेल उछिट्टिएर सल्किएको आगोबाट छाती, ढाड र हातको केही भाग जलेर गम्भीर अवस्थामा उपचाररत पोखरा– लेखनाथ महानगरपालिका–१ बगरकी अनिता धौलाकोटीको उपचारका लागि जापानवासी नेपालीले रु ७० हजार ९०० सहयोग गरेका हुन् । 

धरानका सन्तोष धौलाकोटी र म्याग्दिकी अनिता बस्नेतबीच दुई वर्ष अघि भागी बिहेपछि पोखराको लेखनाथस्थित बगरमा सामान्य व्यवसाय गर्दै आएका उनीहरुले व्यवसाय गर्ने क्रममा सो दुर्घटना भएपछि दुईसाता अघि जापानवासी नेपालीसँग सहयोगको अपिल गरेका थिए । 

जापानवासी सागर गुरुङले रु ७० हजार ९०० आफ्ना भाइ योगेशमार्फत पीडित परिवारसमक्ष पठाएका थिए । पीडित परिवारले गत शुक्रबार रकम बुझेको जनाएको छ । 

उपचारमा संलग्न डाक्टरका अनुसार अनिता अहिले खतरामुक्त अवस्थामा रहेको र उपचारका लागि अझै दुई महिना लाग्ने बताइएको छ । प्रारम्भिक चरणमा अनिताको छालाको शल्यक्रिया सम्पन्न भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप