शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा, मलेसिया १० विकेटले पराजित

शनिबार, ३१ भदौ २०७४, १२ : १७
शनिबार, ३१ भदौ २०७४

काठमाडौं– नेपाल मलेसियामा जारी  यू–१९ इस्टर्न रिजन  क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई १० विकेटले हराउँदै नेपाल  फाइनलमा प्रवेश गरेको हो  । 

 मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको  मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भएको थियो  । 
मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने । उनले ५ विकेट लिए भने पवन सर्राफले २ , रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले १–१ विकेट लिए । 
नेपालले अब उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप