शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षीया छोरीलाई आमाले देहव्यापारका लागि बेचिदिइन्, १२ वर्षपछि फिर्ता हुँदा भयो यस्तो हाल

शनिबार, ३१ भदौ २०७४, ११ : ३२
शनिबार, ३१ भदौ २०७४

भारतको मध्यप्रदेशमा बस्ने १२ वर्षीया किशोरीलाई उनकै आमाले नागपुरमा रहेको एक कोठीमा बेचिदिइन् । ती किशोरी लगातार १२ वर्षसम्म शोषणको शिकार भइरहिन् । शोषण सहँदा सहँदै उनी २४ वर्षकी भइन् । एकदिन उनले जबलपुरमा बस्ने एक युवक भेटिन् र आफूमाथिको अत्याचारको बेलिबिस्तार लगाइन् । युवकले ती युवतीको परिवारको खोजी गरेर जानकारी दिए । त्यसपछि पुलिसको मद्दतले परिवारले उनलाई नागपुरबाट मुक्त गराए ।

यस्तो थियो युवतीको डरलाग्दो कहानीः

– नागपुरबाट फिर्ता भएकी शिल्पा (परिवर्तित नाम) ले उनको बुवाको मानसिक स्थिती ठिक नभएको र उनकी आमाले उनी १२ वर्षको हुँदा बसमा यात्रा गराएर नागपुर पुर्याएको बताइन् ।

– उनले भनिन्, ‘आमाले एउटा ठाउँमा पुर्याउनुभयो र त्यहाँ मलाई लेखपढ गराइने बताइन् । त्यसपछि मलाई नुहाउनका लागि पठाइयो । नुहाएर फर्किदाँसम्म आमा गायब भइसक्नुभएको थियो ।’

– उनी थप्छिन्, ‘त्यसपछि म उनीहरुसँगै बस्न थालें । उनीहरु ठिक थिएनन् । किशोरीलाई खरिद गरेर उनीहरु गलत काम गराउँथे ।’

शिल्पाले आफूलाई नागपुरको रेड लाइट एरियामा देह व्यापार गराउने गरेको बताइन् । उनलाई दुई वर्ष मुम्बईमा पनि राखियो ।

देह व्यापारबाट पाउने रकम कोठीकी मालिक्नीले राख्ने गर्दथिन् । उनलाई खर्चका लागि २० भारु दिइन्थ्यो ।

उनले दुई पटक नागपुरबाट भाग्ने कोसिस गरिन् । दुबैपटक उनी समातिइन् ।

भाग्ने कोसिस गरेकोमा उनलाई चरम यातना दिइयो । त्यसपछि उनलाई मुम्बई पठाइयो ।

उनी दुई वर्षसम्म मुम्बइमा बसिन् । उनलाई पुनः नागपुर ल्याइयो ।

त्यहाँ उनको भेट शहरमा बस्ने एक युवकसँग भयो । उनले युवकलाई आफ्नो परिवारबारे बताइन् ।

युवकले उनको परिवारका सदस्यलाई यसबारे खबर दिए । परिवारका सदस्यले पुलिसलाई यसबारे सूचना दिए ।

पुलिसको समूह युवतीको भाइ, काका र फूपूसँगै नागपुर पुगे । त्यहाँबाट उनलाई मुक्त गराइयो ।

शिल्पालाई खरिद गर्ने  महिलाले उनको नाम परिवर्तन गरिदिए । उनको हातमा परिवर्तित नाम खोपिएको छ ।

आमाको मृत्यु भइसकेको छः

– छोरीलाई बेचेपछि आमाले श्रीमानलाई पनि छोडेर भागिन् । शिल्पाको परिवारले उनको आमाको मृत्यु चार÷पाँच वर्ष पहिले भइसकेको छ ।

– परिवारमा अब उनका बुवा र एक साना भाइ छन् जो मजदुरी गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप