शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसिया १२१ रनमा समेटियो, चम्किए दिपेन्द्रसिंह ऐरी

शनिबार, ३१ भदौ २०७४, ११ : ०५
शनिबार, ३१ भदौ २०७४

काठमाडौं– मलेसियामा जारी यु–१९ एसियाकप क्रिकेट छनौट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियाबाट १ सय २२ रनको लक्ष्य पाएको छ । 

टस हारेर पहिलो ब्याटिङ गरेको  मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भयो । 

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने । उनले ५ विकेट लिए भने पवन सर्राफले २ , रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले १–१ विकेट लिए । 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 
आजको खेलमा जित निकाल्न सके नेपालले उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप