शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानलाई अदालतमा पेश हुन आदेश

मङ्गलबार, ३० भदौ २०७७, ०८ : २२
मङ्गलबार, ३० भदौ २०७७

कालो हरिण शिकार मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ ।

अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान पेश हुनुपर्नेछ । यस्तोमा सलमान उपस्थित हुनेछन् वा हाजिरी माफीको अपिल गर्नेछन्, त्यो भने स्पष्ट छैन ।

अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो । हाल उनी जमानतमा बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयलाई चुनौती दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप