शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काव्यवाचनमा ‘फिन्को र टोरी’ र ‘रातो बाकस’ लोकार्पण

शनिबार, ३१ भदौ २०७४, ०८ : ५३
शनिबार, ३१ भदौ २०७४

गंगबु साहित्य समाजको काव्य वाचनको १७ औं श्रङ्खला समापनसँगै तारा केसीको बालकथा ‘फिन्को र टोरी’ एवं लक्ष्मीप्रसाद मिश्रको ‘रातो बाकस’ लोक कवितासंग्रह लोकार्पण गरिएको छ । 

बालकथासङ्ग्रह ‘फिन्को र टोरी’का बारेमा साहित्यकार चन्द्रा न्यौपाने र बालकथाकार गङ्गा कर्माचार्यले समीक्षात्मक मन्तव्य राखेका थिए ।

मिश्रको काव्यकृति ‘रातो बाकस’माथि स्रष्टा जगदीश्वर पोख्रेल र डा.बमबहादुर थापा जितालीले समीक्षात्मक एवं जितु खड्काले कृतिपरक संक्षिप्त टिप्पणी गरे । 

कार्यक्रममा स्रष्टाहरूलाई शुभकामना दिँदै डा.सत्यराज थपलिया, पूर्व सहायक रथी तेजप्रकाश बाँनिया, साहित्यकार वेदमणि घिमिरे, कवि भाग्यशाली अधिकारी, साहित्यकार मन्जुश्री प्रधान, डा.प्रदीप मैनाली, उमेश पाण्डे, कृष्णप्रसाद ढकाल, लुनार स्कुलका नेपाली शिक्षक गौरीप्रसाद काफ्लेले विमोचित कृति तथा बालसाहित्य र नेपाली कविताका विविध पक्षबारे आफ्ना धारणाहरू राखेका थिए । 

कार्यक्रममा ७० भन्दा बढी साहित्यकारको उपस्थिति थियो ।

कार्यक्रममा राधा कार्की, बेनिबहादुर थापा, जसध्वज गुरूङ, नमराज घिमिरे, जसिन्द्र श्रीपाली, राधादेवी पाण्डे, प्रकाश बस्नेत गफाडी, हरिप्रसाद पाण्डे, धरणीधर गुरागाईं, टंकबहादुर खत्री, निर्मल पराजुली, भुवन शिवाकोटी, निराजन तिमल्सिना, रीता खतिवडा, रूद्र अधिकारी, श्रीराम राई, सानु शर्मा, विमला दाहाललगायतका सष्टाले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दुप्रसाद नेपालले दुवै कृतिकारलाई बधाई ज्ञापन गर्दै आगामी कृतिका लागि शुभकामना व्यक्त गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप