शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुलमानको पुनर्नियुक्तिका लागि दीपकराज गिरीले चलाए अभियान

सोमबार, २९ भदौ २०७७, १४ : १८
सोमबार, २९ भदौ २०७७

काठमाडौं । नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ । 

यस्तैमा कलाकार दीपकराज गिरीले पनि आज एक अभिनयान घोषणा गरेका छन् । उनले घिसिङको पुनर्नियुक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अभियान घोषणा गरेका छन् ।  गिरीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’ गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप