शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – डेनमार्कमा प्रेस स्वतन्त्रतालाई मान्यता

सोमबार, २९ भदौ २०७७, ०१ : ४०
सोमबार, २९ भदौ २०७७

प्रेस अर्थात् सञ्चारमाध्यमलाई लोकतन्त्रको चौथो खम्बा मानिन्छ । लोकतन्त्र त्यतिबेला सुुदृढ हुन्छ, जतिबेला मिडिया स्वतन्त्र हुन्छन् । डेनमार्कमा लामो समयदेखि प्रेस स्वतन्त्रताको माग चलेको थियो र १४ सेप्टेम्बर १७७० मा हासिल भयो ।

प्रेस स्वतन्त्रता डेनमार्कको स्वतन्त्रताभन्दा कम थिएन । १७ औं र १८ औं शताब्दीमा मानिसको स्वतन्त्रता, अधिकार प्रतिष्ठाका पक्षमा जर्बजस्त राजनीतिक लहर पैदा भयो । धेरै आन्दोलनहरु भए । यसक्रममा प्रेस स्वतन्त्रताको मुद्दालाई महत्वपूर्ण रुपमा उठाइएको थियो । त्यसअघि सेन्सर प्रणालीले प्रेस स्वतन्त्रतालाई संकुचित बनाइदिएको थियो । १७७० अघि डेनमार्कमा सेन्सरको छाँया स्पष्ट रुपले देखिन्थ्यों । डेनमार्कभन्दा पहिले सेन्सर व्यवस्थालाई खारेज गर्ने श्रेय स्विडेनलाई जान्छ । विश्वको पहिलो प्रेस स्वतन्त्रता ऐन १७६६ मा यहीं लागुु भएको थियो ।

स्विडेनको स्वतन्त्रताको प्रभाव अन्य देशमा पनि व्यापक पर्‍यो । त्यसपछि फरक–फरक देशमा प्रेसलाई स्वतन्त्रता प्रदान गर्नेगरी कानून निर्माण हुनुुपर्ने माग उठ्यो । यही माग सम्बोधन गर्दै डेनमार्क सरकारले १७७० मा सेन्सर हटाइदियो । यससँगै प्रेसको संरक्षण व्यवस्था पनि कायम गरियो । यही वर्ष नर्वेमा पनि प्रेस स्वतन्त्रता मिल्यो । अहिले पनि स्विडेन, डेनमार्क र नर्वेका सञ्चारमाध्यमले अत्याधिक स्वतन्त्रता उपभोग गरिरहेका छन् । सन् २०२० मा रिपोर्टस् विथआउट बोडर्सले सार्वजनिक गरेको सुचीअनुसार क्रमश नर्वे, फिनल्यान्ड, डेनमार्क, स्विडेन, नेदरल्यान्डस्, जमैका, कोस्टारिका, स्विचरल्यान्ड, न्युजिल्यान्ड र पोर्चुुगलका पत्रकार अत्यधिक स्वतन्त्रता उपभोग गर्नेमध्ये शीर्ष १० भित्र पर्छन् ।

अन्य घटनाक्रम

१९४९– भारमा संविधानसभाद्धारा हिन्दीलाई आधिकारीक भाषाका रुपमा मान्यता ।

१९८२ –मोन्टे कार्लोमा कार दुर्घटना हुँदा हलिउडकी चर्चित अभिनेत्री तथा मोनाकोकी राजकुमारी ग्रेस केलीको निधन ।

२०००– माइक्रोसफ्टले विन्डोज एमई लन्च गर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप