शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङको बलेवामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर संचालन

आइतबार, २८ भदौ २०७७, १६ : ५४
आइतबार, २८ भदौ २०७७

बागलुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

बागलुङ नगरपालिका वडा नं. १४ बलेवास्थित नारायणस्थानमा संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको आज बागलुङ क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले उद्घाटन गरे ।  

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बागलुङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । योसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप