शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् क्यान इन्फोटेक मेला

शुक्रबार, ३० भदौ २०७४, १७ : ३१
शुक्रबार, ३० भदौ २०७४

काठमाडौं ।  फेडेरेसन अफ कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को आयोजनामा बिहीबारदेखि राजधानीमा दोस्रो संस्करणको ‘सुबिसु क्यान कमटेक २०१७’ सुरु भएको छ । 

सञ्चार प्रवधिको वृहत् प्रदर्शनीको रुपमा आयोजना भइरहेको कमटेक प्रदर्शनीको विशेष समारोहकाबीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । 

सुरु भएको उक्त बृहत् प्रदर्शनी सुबिसु क्यान कमटेकमा ६५ कम्पनीका कुल ७८ स्टल रहेका छन् ।  विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धी कम्पनीहरुले भाग लिएको आयोजकको भनाइ छ । 

क्यान कमटेकको टाइटल स्पोन्सरमा सुबिसु केबलनेट प्रालि रहेको जनाइएको छ । 

कमटेकमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्सका स्टलहरु राखिएको छन् । 

त्यस्तै पावर सोलुसन्स, मोबाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आइसिटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युट, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु समेत प्रदर्शनीमा देख्न सकिन्छ । 

आयोजकका अनुसार प्रदर्शनीमा सेक्युरिटी उत्पादनको छुट्टै पेभोलियन राखी अवलोकनकर्तालाई सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । उक्त प्याभेलियनमा अबलोकनकर्ताहरुले इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन्सका उपकरणहरु सिसिटभी, एक्सेस कन्ट्रोल सिस्टम अवलोकन गर्न सक्ने छन् ।

कमटेकको अवसरमा सहभागी कम्पनीहरुले विभिन्न पछिल्लो नयाँ ब्राण्डका प्रोडक्टहरु राखेका छन् । साथै सेवा प्रदायक कम्पनीहरुले आफ्ना सेवामा विभिन्न क्यान अफर सार्वजनिक गरेका छन् । 

जस अनुसार सुबिसु केबल नेट प्रालले १२ सय रुपैयाँमा ७ एमबीको अनलिमिटेड फाइबर इन्टरनेट ल्याएको छ । साथै ६० एमबिपिएसको इन्टरनेट २ हजार १ सय, ३० एमबिपिएसको इन्टरनेट एक हजार ७ सय र १० एमबिपिएसको इन्टरनेट एक हजार ४ सय रुपैयाँमा उपलब्ध गराउने बताएको छ ।  नेपाल टेलिकमले ५० रुपैयाँमा रू। ५० नै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड उपलब्ध गराउने भएको छ । नेटिसले पछिल्ला मोडलका राउटर र स्विचहरु विशेष छुटसहित प्रदर्शनीमा राखेको छ । 

त्यस्तै विभिन्न कम्पनीहरुले विभिन्न छुटमा आफ्ना पछिल्लो प्रोडक्टहरु प्रदर्शनीमा राखिएको आयोजकले जानकारी गराएको छ । 

उद्घाटनको अवसरमा सूचना तथा सन्चारमन्त्री बस्नेतले नेपालमा सुचना एवं सञ्चार प्रविधिको विकासमा क्यान महासंघको तर्फबाट भइरहेका प्रयासको प्रशंसा गरे । उनले सरकारले सूचना प्रविधिलाई प्राथमिकताको क्षेत्रमा राखेको भन्दै आइटीको प्रयोगलाई ग्रामीणतहसम्म लैजान कार्ययोजना ल्याउने प्रतिबद्धता जनाए । 

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्रामीण दुरसञ्चार विकास कोषको रकम खर्चेर देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर योजना ल्याएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप