शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएको केन्द्रीय अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने

शुक्रबार, ३० भदौ २०७४, १५ : ५४
शुक्रबार, ३० भदौ २०७४

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष रहेका भट्टले शनिवार उम्मेदवारी घोषणा गर्ने बताईएको छ  ।

दुई कार्यकाल उपाध्यक्षको पद समालेका भट्टले आगामी कार्यकालका लागि प्रमुख पदका आकांक्षी बनेका छन् ।  एनआरएनएको आठौ विश्व सम्मेलन काठमाडौंमा २८ असोज देखि ३१ असोजसम्म हुँदैछ ।

दुई वर्षे कार्यकाल रहेको एनआरएनमा यस अघि वर्तमान अध्यक्ष शेष घलेलाई सर्मथन गरी भट्टले उपाध्यक्षमा कार्यकाल दोहोर्याएका थिए । 

भट्टले एक कार्यकाल संघको कोषाध्यक्ष रहेर पनि काम गरेका थिए । व्यवसायिक समूह टिबिआईका प्रमुख रहेका भट्टको सञ्चार क्षेत्रमा पनि लगानी छ । 

भट्ट सरकारले खारेज गर्ने मनशाय बनाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका पूर्व अध्यक्ष पनि हुन् । 

काठमाडौँ हेटौडा सुरुङ मार्ग निर्माण गर्ने जिम्मेवारी लिएको उक्त कम्पनीमा भट्टको लगानी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप