शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनको अवसरमा चलचित्र निर्माण गर्ने नीताको घोषणा

शुक्रबार, ३० भदौ २०७४, १५ : १२
शुक्रबार, ३० भदौ २०७४

काठमाडौं – पछिल्लो समय एकपछि अर्काे अभिनेत्री चलचित्र निर्माणमा देखिन थालेका छन् । अभिनेत्री स्वेता खड्का चलचित्र ‘कान्छी’ निर्माण गरिरहेकी छन्, भने  झरना थापा, रेखा थापा, नीशा अधिकारी समेत निर्माणमा क्रियासिल रहेका छन् । यो भिडमा अब अर्काे नाम पनि थपिदैछन् । नाम हो –नीता ढुंगाना ।

अभिनेत्री नीता ढुंगानाले आफ्नै निर्माण कम्पनी ‘नीता फिल्मस् प्रोडक्सन’बाट चलचित्र निर्माण गर्ने भएकी छन् । बिहिबार आफ्नो जन्मदिनको अवसर पारेर उनले कम्पनीको औपचारिक घोषणा गरिन् । 

चलचित्र क्षेत्रका कलाकार र रंगपत्रकारको उपस्थिती रहेको कार्यक्रममा उनले केही महिनामै आफ्नो कम्पनीबाट चलचित्र निर्माण गर्ने बताइन् । 

सो अवसरमा नीताले ‘चलचित्र पत्रकार संघ’को कल्याणकारी कोषलाई समेत २० हजार रुपैयाँ सहयोग  गरेकी छन् । रंगपत्रकारिता गरिरहेका बिभिन्न पत्रकारलाई समस्या पर्दा खर्च गर्ने गरि सउनले सो रकम सहयोग गरेकी हुन् । संघका अध्यक्ष सन्दिप सापकोटाले सहयोग रकम लिए ।

उनको जन्मदिनको कार्यक्रममा अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेत्रीहरु अनु शाह, सुरविना कार्की, मोडल सम्पदा बानियाँ, कोरियोग्राफर गोविन्द राई, मिलन चाम्स, निर्माता सुवास गिरी लगायत उपस्थित थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप