बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिर्तामोडमा टाटा मोटर्स कार मेला सुरु, निःशुल्क मनोरञ्जन

शुक्रबार, ३० भदौ २०७४, १४ : ३६
शुक्रबार, ३० भदौ २०७४

विर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक टाटा मोटर्स कार मेला शुरु भएको छ ।  

बिर्तामोडस्थित हवी स्वीमिङ पुलमा शुक्रबार टाटा मोटर्स कार मेलाको उद्घाटन प्रमुख अतिथि सांसद सुधिरकुमार शिवाकोटीले गरेका छन् । सोही अवसरमा सांसद शिवाकोटी र बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटीले टाटा टिगोर कार सार्वजनिक गरे ।  

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सीप्रदी टे«डिङ प्रालि र आधिकारिक डिलर अलास्का अटो मोवाइल्सको संयुक्त आयोजनामा सुरु भएको उक्त मेला दुई दिनसम्म सञ्चालन हुनेछ ।  मेला  भदौ ३१ गते साझ ६ बजेसम्म सञ्चालन हुनेछ । 

नेपालका विभिन्न स्थानमा वार्षिक रुपले आयोजना गरिँदै आएको उक्त मेला बिर्तामोडमा भने पहिलोपटक भएको जनाइएको छ । 

अलास्का अटो मोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको समारोहमा सांसद शिवाकोटी, मेयर ध्रुवकुमार, नेपाल उदोग वाणिज्य महासंघका सदस्य उमेश डालमियाले शुभकामना व्यक्त गरेका थिए । सिप्रद्धिका डिलर डेभलपमेन्ट मेनेजर गोविन्द घिमिरेले मेचीमै पहिलो पटक बिर्तामोडमा सार्वजनिक गरिएको टाटा टिगोर कारका विशेषताबारे जानकारी गराएका थिए । अलास्काका कर्पोरेट मेनेजर सञ्जीव ओलीले स्वागतसहित टाटा कार मेलाको उद्देश्यमाथि प्रष्ट्याएका थिए । 

टाटा कार मेलाको मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, अन द स्पट फाइनान्स सुविधा, पुराना गाडीहरुको उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्स लोयल्टी बोनस, निशुःल्क स्विमिङ्ग पुल, रेन डान्स, फेस पेन्टिङ्ग, नेल आर्ट, बी–बोईङ्ग, हिपहप फोटोसुट लगायत विभिन्न सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेका छन् । 

विशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्णलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

टाटा टिगोर कार चारवटा मोडल र छ वटा कलरमा उपलब्ध रहेको बताइएको छ । मेलामा जुनसुकै कम्पनीका कार ल्याएर पनि टाटाका कार लैजान सकिने बताइएको छ । 

मेचीमा भने यो कार पहिलो पटक शुक्रबारबाट बिक्री वितरण सुरु भएको छ । १२ सय सीसीको यो कार २३ लाख ४५ हजारदेखि ३१ लाख ४५ हजारसम्मको मूल्यमा उपलब्ध रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप