शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गाका काफ्ले ५ दिनदेखि बेपत्ता, खोजी गरिदिन आग्रह

शुक्रबार, ३० भदौ २०७४, १३ : ०२
शुक्रबार, ३० भदौ २०७४

ओखलढुङ्गा– ओखलढुङगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का ५१ बर्षिय चन्दप्रसाद काफ्ले विगत ५ दिनदेखि बेपत्ता भएका छन् । 

गत भदौ २६ गते बिहानबाट वेपत्ता भएका काफ्ले ५ दिन बित्दा पनि सम्पर्कमा नआएपछि परिवारमा रुवावासी भएको छ । एक छोरा र श्रीमतिसँग बस्दै आएका काफ्लेको खोजबिन गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेका छन् । 

उनि बेपत्ता भएपछि इलाका प्रहरी कार्यलय बरुणेश्वरमा निवेदन दिएपनि प्रहरीले खोजीमा सक्रियता नदेखाएको उनका छोरा तुलसीराम काफ्लेले बताए । 

आसपासका गाउँमा छिमेकी र आफन्तले खोजविन गर्दा समेत नभेटिएपछि परिवारमा रुवावासी भएको दाई पुन्यप्रसाद काफ्लेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप