बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीका ८ टोली ८ जिल्लामा व्यस्त

शुक्रबार, ३० भदौ २०७४, १२ : ४७
शुक्रबार, ३० भदौ २०७४

काठमाडौ–माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी दुई नं प्रदेशमा माओवादी केन्द्रका उम्मेदवारलाई मत माग्न व्यस्त बनेको छ । क्रान्तिकारीको टोली उम्मेदवार र अन्य कार्यकर्तासँगै घरदैलोमा पुगेर मत माग्न व्यस्त बनेका हुन् ।

एकताको २१औं राष्ट्रिय सम्मेलन सकेलगत्तै क्रान्तिकारीका नेताहरु २ नं प्रदेशका आठवटै जिल्लामा आठ वटा टोली बनाएर चुनावी गतिविधिमा खटिएको महासचिव उत्तम अधिकारीले बताए । 

अध्यक्ष रन्जित तामाङ र आफु पर्सा र बारामा खटिएको अधिकारीले बताए । भदौ २५ गतेबाट तामाङ र अधिकारीको टोलीले पर्साको ठोरी गाउँपालिकाबाट प्रचार प्रसार सुरु गरेको थियो । त्यस्तै उपाध्यक्ष इन्द्र भुसालको नेतृत्वको टोली सप्तरी, उपाध्यक्ष दिपेश पुनको नेतृत्वमा सिरहा, उपाध्यक्ष रविकिरण यादव नेतृत्वको टोली धनुषाको चुनावी गतिविधिमा सक्रिय रहेको यादवले बताए । 

त्यसैगरी महोत्तरीमा उपाध्यक्ष विजय गौतम नेतृत्वको टोली खटिएको छ । सर्लाहीमा उपाध्यक्ष सुरेन्द्र बस्नेत,  रौतहटमा उपाध्यक्ष तिलकराज भण्डारी, र पर्सामा उपाध्यक्ष दिपक देवकोटाको नेतृत्वको टोली मत माग्न घरदैलोमा व्यस्त बनेको छ । त्यस्तै उपाध्यक्ष पंन्चा सिंह नेतृत्वको टोलीले बाराका विभिन्न गाउँपालिका र नगरपालिकामा उम्मेदवारसँगै घरदैलोमा भोट माग्न तल्लीन रहको छ ।

घरदैलोमा व्यस्त सिंहले शुक्रबार रातोपाटीसँग टेलिफोनमा भनिन् ‘दोस्रो संविधान सभा निर्वाचन भन्दा यो निर्वाचनमा माओवादीको पक्षमा जनमत धेरै छ ।

मधेशले पाएको अधिकार सबै माओवादीका कारण भएकाले मतदाताले माओवादीका उम्मेदवारलाई मत हाल्ने पक्का छ ।’ सिंहको टोली बाराको सिमरा उपमहानगरपालिका,कलैया उपमहानगरपालिका र निजगढ नगरपालिकाको घरदैलोमा एक साताबाट खटिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप