शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोरी भए पनि घरको म छोरा हुँ

शुक्रबार, ३० भदौ २०७४, १२ : ३६
शुक्रबार, ३० भदौ २०७४

लोक दोहोरी क्षेत्रकी चर्चित मोडेल हुन्– रश्मी तामाङ । म्युजिक भिडियो अभिनयले उनलाई भ्याइ नभ्याइ छ । मोडलिङको व्यस्ताता र चर्चासँगै अवार्ड पनि थुप्रै उनका हात लागेका छन् । नुवाकोटको तत्कालीन सामरी गाविसमा जन्मे हुर्केकी रश्मी अध्यायनका लागि गृह जिल्लाबाट  काठमाडौँमा हानिएकी थिइन् । यही क्रममा उनले मोडलिङ क्षेत्रमा आफूलाई होम्ने अवसर मिल्यो । लोक दोहोरी, तीज तथा लोक पप गीतहरूमा समेत अभिनय गर्दै आएकी रश्मी स्टेज कार्यक्रमकी क्विन पनि मानिन्छिन् । मुलको विभिन्न जिल्लाको अलवा कार्यक्रमको सिलसिलामा आफू १५ देश पुगेको उनले बताइन् । करिब ७ वर्षदेखि मोडलिङमा रहेकी रश्मीले ८ सयभन्दा बढी गीतमा अभिनय गरिसकेकी छन् । मोडलिङका कामले दिलाएको अवार्डले भरिएको छ, उनको घर । मोडलिङमा यति धेरै चर्चामा रहेकी रश्मीलाई चलचित्र अफर त पक्कै आउँछ होला ? प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्– ‘चलचित्र अभिनय नगर्ने केही पहिले नै घोषणा गरेको थिए । सो कारणले धेरै अफर आउँदैन ।’ मोडल रश्मीलाई रातोपाटीको यस्ता छन्– दस प्रश्न ।

लोक दोहोरी मोडलिङबाट कतिको सन्तुष्ट हुन सकिन्छ ?
–म एकदमै सन्तुष्ट छु । लोकदोहोरी मोडलिङमा म टप १० भित्र पर्छु होला । योभित्र पर्ने सबै सन्तुष्ट नै हुन्छन् जस्तो मलाई लाग्छ । आर्थिक हिसाबले पनि अहिलेसम्म सन्तुष्टी छु ।

सौन्दर्यतिर कतिको ध्यान दिनुहुन्छ ?
–सौन्दर्यमा त्यति ध्यान नदिनेमा पर्छु म । अन्य समय नर्मल मेकअपमा रहने गरेकी छु । कार्यक्रम र सुटिङ पर्यो भने विषेश मेकअप गर्ने हो । कुनै कामले घरबाट बाहिर निस्कनु पर्दा ओठमा लिपिस्टिक भने छुटाउँदिन ।

फिटनेसतिर कतिको ध्यान दिनुहुन्छ ?
– स्वस्थ र फुर्तिलो शरीरका लागि फिटनेस अनिवार्य छ । यसका लागि कतिपय मान्छेले डाइटिङ पनि गर्छन् । यो मलाई राम्रो लाग्दैन । खाने समयमा खाने हो । तर बिहान बेलुका एक्सरसाइज त गर्नुपर्छ । म भ्याएसम्म बिहान र बेलुका एकएक घन्टा एक्सरसाइज गर्छु । फुर्सद नभएको समयमा पनि आधा घन्टा एक्सरसाइजलाई छुट्याउने गरेकी छु । 

फेसनतिर पनि रुचि होला ?
– हामी ग्ल्यामर फिल्डमा लागेका मानिस फेसतिर रुचि नहुने त कुरै भएन । यो जानेर पनि नजानेर पनि गर्नुपर्ने हुन्छ । मलाई मनपर्ने राम्रो सेक्सी देखिने पहिरन सारी नै हो । नर्मल रूपमा अन्य पनि प्रयोग गर्ने गरेकी छु । 

मोडलिङको पहिलो कमाइ के गर्नुभयो ?
– घरका लागि आवश्यक सरसामान आमाको सल्लाहले लिएँ । ममीलाई कपडा किनिदिएँ ।

मोडलिङमा लाग्ने केटीहरूलाई प्रेमका अफर धेरै आउँछन् भनिन्छ नि हो ?
–हो, यो कुरो साँचो हो । मोडलिङमा लाग्नेलाई यस्ता अफर आउनु सामान्य हो । मैले पनि त्यही रूपमा लिएकी छु । राम्रो तथा नराम्रो दुवै तवरले आउने गरेको छ । त्यस्ता अफरलाई हावामा उडाउने गरेकी छु । स्पेसल मानिसबाट भने प्रस्ताव आएको छैन । आयो भने सोच्ने छु । 

विवाह गर्ने बेला भएन र ?
– अझै पाँच वर्षसम्म यो विषयमा साच्ने विचार छैन । किनभने जन्मले छोरी भए पनि घरको म छोरा हुँ । दाजुभाइ नभएका कारणले छोराको कर्तव्य पनि मैले पूरा गर्नुपर्नेछ । 

घुम्न मन लाग्ने ठाउँ ?
– स्वदेशकै मुस्ताङ, मनाङ, पोखरा मनपर्छ । विदेशको त हरेक देश राम्रो लाग्छ । 

अधुरो सपना छ कि ?
– सरकारी जागिर खाने सानैदेखिको सपना थियो । त्यो अधुरै छ । सायद अब पूरा पनि हुन्न होला ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– हिरो सलोन बस्नेत मनपर्छ । अवसर मिले उनैसँग जाँन्छु । उनी मलाई निकै क्युट लाग्छ । उनको अभिनय पनि राम्रो लाग्छ । सलोनले अभिनय गरेको सबै चलचित्र हेर्दै आएकी छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप