शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आचारसंहिता व्यापक उल्लङ्घन भएको राष्ट्रिय मानवअधिकार आयोगको ठहर

शुक्रबार, ३० भदौ २०७४, ११ : ३८
शुक्रबार, ३० भदौ २०७४

धनुषा– राष्ट्रिय मानवअधिकार आयोगले सरकार र उच्च नेतृत्वनै निर्वाचन आचारसंहिता उल्लङ्घनमा लागेको पाइएको भन्दै निर्वाचन आयोग र सरकारलाई त्यसतर्फ सचेत रहन सुझाव दिएको छ । 

आयोगका सदस्य सुदीप पाठकले २ नम्बर प्रदेशको स्थलगत अनुगमनपछि शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्री,मन्त्री लगायत सरकारका उच्च अधिकारीहरु नै लागेको बताएका हुन् । उनले सरकारी तहबाटै आचारसंहिता उल्लघन भइरहेपनि निर्वाचन आयोगको ध्यान त्यसतर्फ जान नसकेको बताए । 

‘निर्वाचन आयोगका आयुक्तहरु आयोगमा जागिर खान मात्र आएको जसतो देखियो, जताततै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । प्रधानमन्त्रीले समेत नैतिकताको ख्याल नगरि पार्टीको चुनावी प्रचारप्रसार गरेको देखिन्छ, प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेर लावा लस्करसहित पार्टीको चुनावप्रसारमा हिँड्नु राम्रो होइन’ सदस्य पाठकले भने, ‘यसमा निर्वाचन आयोगको ध्यान जानु जरुरी छ ।’ 

त्यस्तै आयोगले निर्वाचन प्रचारप्रसारमा दलहरुले बालबालिकाको अधिक प्रयोग गरेको पाएको बताएको छ । उसले निर्वाचनका क्रममा हुने सभा सम्मेलनमा विगतको तुलनामा सद्भाव कायम भएको पाइए पनि बाबालकिाको प्रयोग,तुल, व्यानरलगायतका भड्किला र आचारसंहिता विपरित प्रचारप्रसार नरोकिएको जनाएको छ ।  

त्यस्तै आयोगले निर्वाचनमा अपाङग, जेष्ठ र असक्तलाई मतदान स्थलमा पुगेर मतदान गर्नका लागि राम्रो व्यवस्थापन नभएको पनि जनाएको छ । ‘कतिपय स्थानमा बाढीले बाटो भत्किएको छ, मतदाता मतदानस्थलसम्म पुग्न कठिन हुने देखिएको छ तर, सरकारले त्यसको वैकल्पिक व्यवस्था मिलाएको देखिएन ।’ सदस्य पाठकले मतदाता शिक्षा पनि प्रभावकारी नभएको आफुले पाएको बताए । उनले उम्मेदवारी दर्ता गराएका केही उम्मेदवारलाई अझै पनि अवरोध र धम्की आइरहेको पाइएको भन्दै मतदान केन्द्र व्यवस्थित गर्न नसकेको, मतदान केन्द्रमा अझैपनि पानी जमेको, भारतीय नम्बर प्लेटका गाडी व्यापक प्रयोग भएको पाइएकोले त्यसतर्फ सुधार गर्न ११ बुँदे सुझाव दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप