बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने

आइतबार, २१ भदौ २०७७, १५ : ५४
आइतबार, २१ भदौ २०७७

दाङ । दाङमा भोलि अर्थात (सोमबार) देखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमवारदेखि लागू हुनेगरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागू गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा समितिका संयोजक गोविन्द प्रसाद रिजालले सार्वजनिक यातायातका साधनहरु भने चल्न नपाउने जानकारी दिए ।

सिडिओ रिजालकाअनुसार दिउँसो १२ बजेपछि नियमित रूपमा लकडाउन हुनेछ । ‘उपभोक्ताको सहजताका लागि बिहान ६ घन्टा बजार खोल्ने निर्णय गरेको छौं,’ प्रजिअ रिजालले भने– ‘दिउँसोदेखि पुन लकडाउन हुनेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप