शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, ३० भदौ २०७४, ११ : २६
शुक्रबार, ३० भदौ २०७४

चुरामणि अर्याल
 

कपिलवस्तु । कपिलवस्तुमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा विहिवार एक जनाको मृत्यु भएको छ ।
 
पूर्व पश्चिम महेन्द्र राजमार्गको बुद्धभुमि नगरपालिका वडा न.२ बडहरामा पुर्व बाट पश्चिम जादै गरेको लु.२ख.११३१न.को टिप्परले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ न.मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवहडिया ८ वस्ने वर्ष ३८ का भक्ती चौधरीको मृत्यु भएको हो ।
 
टिप्परको ठक्करबाट गम्भिर घाईते भएका चौधरीको लुम्बीनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा विहविार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिँङेका प्रहरी नायव निरिक्षक थमन थत्रीले जानकारी दिए ।

ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप