शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ बैंकले गर्यो ऋण मिनाहा

मङ्गलबार, ०६ असार २०७४, २१ : ३५
मङ्गलबार, ०६ असार २०७४

पोखरा– मुक्तिनाथ विकास बैंक लिमिटेडको लघुवित्त डेस्क कार्यालय गगनगौंडाले स्वर्गीय विष्णुमाया गुरुङ्गको ऋण मिनाहा गरेको छ । बैंकको लघुवित्त कर्जा अन्तर्गत एक लाख ऋण लिएकी कास्कीको पोखरा लेखनाथ महानगरपालिका ३२ मजुवा निवासी गुरुङ्गको गत फाल्गुन २७ गतेका दिन निधन भएको थियो । 

गुरुङको निधनपछि बैंकले काजकिरिया खर्च बापत तत्काल ५ हजार प्रदान गर्नुका साथै दिवङ्गत  गुरुङ्गले बैंकलाई तिर्न बाँकी सावा तथा व्याज ७६ हजार ८ सय ४८ रुपैयाँसमेत  मिनाहा गरेको बैंकले जनाएको छ । 

स्वर्गीय गुरुङ्गले मुक्तिनाथ विकास बैंक मार्फत एक लाखको जीवन वीमा गरेकोमा उनको मृत्युपश्चात वीमा वापतको १ लाख ६ हजार १ सय बराबरको चेक निजकी हकदार छोरी कल्पना गुरुङ्गलाई मुक्तिनाथ विकास बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय पोखराका प्रमुख केशब ढकालबाट संयुक्त रुपमा हस्तान्तरण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप