बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा बरियतामा नेपाल तल झर्यो

बिहीबार, २९ भदौ २०७४, १९ : ४८
बिहीबार, २९ भदौ २०७४

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । 

नेपाल छ स्थान तल झर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । 

त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १ सय ७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १ सय ५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १ सय ७४औँ स्थानमा छन् । 

बंगलादेश सात स्थान तल झर्दै १ सय ९६औँ स्थानमा, एक स्थान तल झरेका श्रीलंका १सय ९८ औँ स्थानमा तथा पाकिस्तान २ सयऔँ स्थानमा यथावत् छ । 

फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप